८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

यी हुन् गुन्डा दुबेबाट मारिने डिएसपी, यस्तो छ उनको संघर्ष कथा

गुन्डा दुबेबाट मारिएका कानपुरका डिएसपी देवेन्द्र मिश्र। तस्बिर : बिबिसी हिन्दीबाट

भारत कानपुरका कुख्यात अपराधी विकास दुबेसँग मुठभेडको नेतृत्व गर्ने डिएसपी देवेन्द्र मिश्र (जो दुबेको आपराधिक समूहको आक्रमणबाट आफ्ना ७ सहकर्मीसँगै मारिए) सामान्य प्रहरी जवानबाट संघर्ष गरेर त्यो पदसम्म पुगेका थिए।  

उत्तर प्रदेशको बान्दा जिल्लाका बासिन्दा मिश्र सन् १९८१ मा प्रहरीमा भर्ना भएका थिए र विभागीय प्ररीक्षा उत्तीर्ण गरी सब–इन्सपेक्टर बने।  

सन् २००५ मा उनले उन्नाव जिल्लाको आसिवन प्रहरी चौकीमा प्रमुखको जिम्मेवारी सम्हाले। त्यस क्रममा एक अपराधीविरुद्ध इन्काउन्टर गरेपछि इनास्वरूप पदोन्नति भई उनी इन्स्पेक्टर बन्न सफल भए। तर उत्तर प्रदेशमा प्रहरीलाई झुटो इन्काउटर गरेको गम्भीर आरोप लागिरह्यो।

सन् २०१३ मा वाराणसीमा क्यान्ट जिआरपी निरीक्षकका रूपमा काम गर्ने क्रममा देवेन्द्र मिश्रले एक जहरखुरानी गिरोहलाई पक्राउ गर्न महत्वपूर्ण भूमिका खेले। मिश्रसँगै काम गरेका एक प्रहरी अधिकारी नाम नबताउने सर्तमा भन्छन्, ‘उनी आफ्नो अभियानका क्रममा कैयौं पटक अपराधीसँग मुठभेडमा परे र विभागमा उनी एउटा बहादुर चलाख अधिकृतका रूपमा परिचित थिए।’

देवेन्द्र मिश्रको परिवार बान्दा जिल्लाको सहेवा गाउँमा बस्छ। यता कानपुरमा भने मिश्रका साथमा उनका पत्नी र दुई छोरी बस्थे। गाउँमा चाहिँ देवेन्द्रका भाइहरू राजीव मिश्र र रामदिन बस्छन्। उनका पिता शिक्षक थिए।  

दुबेविरुद्धको अपरेसनबारे भने प्रहरी अधिकारीले अहिलेसम्म आधिकारिक रूपमा केही बताएका छैनन्, तर दुबे पक्राउ गर्न प्रहरीको जुन टोली गएको थियो, त्यसमा पक्कै पनि अनुभवी, विशेषज्ञ र युवा अधिकारी संलग्न थिए। यसैकारण यसको नेतृत्व देवेन्द्र मिश्रलाई सुम्पिइएको थियो। तर यसका बाबजुद दुवे पक्राउको अपरेसन किन असफल भयो, यबारे भने प्रहरी अधिकारी केही बताइरहेका छैनन्।  

कानपुरमा देवेन्द्र मिश्र निकै लामो समय बने र उनी यहाँ धेरै प्रहरी कार्यालयको इन्चार्ज रहे।  

उनका छिमेकी गाउँ जाकिनीका निवासी उमाशंकर पाण्डे भन्छन्, ‘देवेन्द्र मिश्र सिपाहीका रूपमा भर्ना भए तर अध्ययनमा तेज उनले त्यतिबेलै स्नातक गरिसकेका थिए। उनका शिक्षक पिता गरिब त थिए तर आफ्ना बालबच्चा पढाउन कुनै कन्जुस्याइँ गरेनन्। यही कारण उनका सबै छोरा राम्रो ठाउँमा जागिरे छन्। सने २०१६ मा गाजियावादमा उनी उपाधिक्षक पदमा प्रमोसन हुँदा गाउँका मानिससमते खुसी भएका थिए।’

पदोन्नतिपछि देवेन्द्र मिश्र नगर सिओको रूपमा कानपुरमा पठाइयो। केही समय पहिले मात्र उनी सीओ बिल्हौरका रूपमा गएका थिए। उत्तर प्रदेशका डिजिपी रहेका पूर्व आइपिएस अधिकारी बिएन राय भन्छन्, ‘सिपाहीमा भर्ना हुनेहरू पदोन्नति पाए बढीमा इन्स्पेक्टरसम्म बन्छन्, तर डीएसपीसम्म पुग्न सक्नु धेरै ठूलो उपलब्धि हो। यसबाटै थाहा हुन्छ कि उसले संगठनलाई कति ठूलो योगदान दियो।’

तर उत्तर प्रदेशमा प्रहरीले गरेको इन्काउन्टप्रति सधैं प्रश्न उठिरहन्छ र कैयौं घटनामा इन्काउन्टर गर्ने प्रहरी दोषीसमेत ठहरिए। यति हुँदाहुँदै पनि प्रहरी अधिकारीलाई पुरस्कार दिने वा पदोन्नति गर्ने प्रमुख मापदण्ड भने यही नै हो।  

डाक्टर बिएन राय भन्छन्, ‘प्रहरीले कहिले पनि मानिस मार्न चाहँदैन। कानुनीसम्मत रूपमा अपराधी पक्राउ गरी उसलाई कानुनी कठघरामा उभ्याउनु उसको जिम्मेवारी हो। तर यस क्रममा अक्सर मुठभेड भइदिन्छ  र प्रहरीले आत्मरक्षाका लागि प्रतिकार गर्नपर्ने अवस्था आउँछ। यस्तो स्थितिमा अपराधी मारिए पनि र पक्राउ परे पनि दुवै स्थितिमा प्रहरीको बहादुरिता ठानिन्छ। जसबापत उसले पुरस्कार पाउँछ। तर अवश्य पनि इन्काउटरप्रति प्रश्न उठ्छ र उठिरहनेछ।’ बिबिसी हिन्दीबाट

 

यो पनि पढ्नुहोस्

आठ प्रहरीको हत्या गर्ने गुन्डा विकास दुबेको घर डोजर लगाएर भत्काइयो

 

प्रकाशित: २१ असार २०७७ ०९:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App