७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

विश्वमा शनिबार संक्रमितको संख्या अहिलेसम्मकै उच्च : डब्लुएचओ

विश्वमा कोभिड–१९ संक्रमितको संख्या शनिबार अहिलेसम्मकै उच्च रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ ।     डब्लुएचओका अनुसार शुक्रबारदेखि शनिबार बिहानसम्मको २४ घण्टाको अवधिमा विश्वभर संक्रमितको संख्या २ लाख १२ हजार ३ सय २६ रहेको थियो ।           

यो अवधिमा सबैभन्दा बढी संक्रमितको संख्या अमेरिकी क्षेत्रमा रहेको डब्लुएचओले जनाएको छ ।  ब्राजिलमा ५३ हजार २ सय १३ र संयुक्त राज्य अमेरिकामा ४८ हजार १ सय ५ व्यक्तिमा संक्रमण पुष्टि भएको थियो ।           

आइतबारसम्ममा विश्वभर १ करोड १३ लाख ८६ हजारभन्दा बढी कोभिड–१९ बाट संक्रमित भएका छन् । समाचार तयार पार्दासम्म यो भाइरस संक्रमित संख्या ५ लाख ३३ हजार ६ सय १९ जनाको ज्यान गुमेको पुष्टि विश्व स्वास्थ्य संगठनले गरेको छ ।          

संक्रमणका कारण सबैभन्दा बढी अमेरिकामा १ लाख ३२ हजार ३ सय १८ जनाको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा ६४ हजार ३ सय ६५ जनाको मृत्यु भएको छ । अमेरिका र ब्राजिलमा क्रमशः २९ लाख ३५ हजार ७ सय ७० र १५ लाख ७८ हजार ३ सय ७६ व्यक्ति संक्रमित रहेका छन् ।           

रूसमा संक्रमित संख्या ६ लाख ७४ हजार ५ सय १५ रहेको छ भने मृत्युदर अन्य ठूला मुलुकको तुलनामा कम रहेको छ ।  

त्यस्तै, भारतमा ६ लाख ७३ हजार ९ सय ४ संक्रमित र १९ हजार २ सय ७९ मृत्यु, पेरूमा २ लाख ९९ हजार ८० संक्रमित र १० हजार ४ सय १२ मृत्यु, स्पेनमा २ लाख ९७ हजार ६ सय २५ संक्रमित र २८ हजार ३ सय ८५ मृत्यु, चिलीमा २ लाख ९१ हजार ८ सय ४७ संक्रमित र ६ हजार १ सय ९२ जनाको मृत्यु भएको छ । बेलायतमा संक्रमितको संख्या २ लाख ८४ हजार ९ रहेको छ भने ४४ हजार १ सय ९८ जनाको मृत्यु भएको छ ।           

यसबाहेक बढी संक्रमित र मृत्यु भएका मुलुकमा मेक्सिको, इटाली, इरान, पाकिस्तान, साउदी अरब, टर्की जर्मनी र चीन रहेका छन् ।    

प्रकाशित: २१ असार २०७७ ०७:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App