भारतमा एक दिनमा अहिलेसम्मकै बढी संख्यामा कोरोना संक्रमित थपिएको छ।
त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतबार बिहान जारी गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टाभित्र २४ हजार ८ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसमेत भारतमा कूल संक्रमितको संख्या ६ लाख ७३ हजार १ सय ६५ पुगेको छ।
तीमध्ये १९ हजार २ सय ६८ जनाको मृत्यु भइसकेको छ भने ४ लाख ९ हजार ८२ जना निको भएका छन्।
यो पनि पढ्नुहोस्
कोरोनाविरुद्धको खोप साउनभित्रै बजारमा ल्याउँछौं : आइसिएमआर
यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण ६ सय १३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
प्रकाशित: २१ असार २०७७ ०७:०७ आइतबार