८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

भारतमा एकै दिन थपिए अहिलेसम्मकै बढी कोरोना संक्रमित

फाइल तस्बिर : भारतमा काेराेनाका बिरामी

भारतमा एक दिनमा अहिलेसम्मकै बढी संख्यामा कोरोना संक्रमित थपिएको छ।  

त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतबार बिहान जारी गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टाभित्र २४ हजार ८ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसमेत भारतमा कूल संक्रमितको संख्या ६ लाख ७३ हजार १ सय ६५ पुगेको छ।  

तीमध्ये १९ हजार २  सय ६८ जनाको मृत्यु भइसकेको छ भने ४ लाख ९ हजार ८२ जना निको भएका छन्।  

 

यो पनि पढ्नुहोस्

कोरोनाविरुद्धको खोप साउनभित्रै बजारमा ल्याउँछौं : आइसिएमआर

 

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण ६ सय १३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।  

प्रकाशित: २१ असार २०७७ ०७:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App