२३ असार २०७७ मंगलबार
अन्तर्राष्ट्रिय

भारतसँग झडपपछि चीनले आफ्ना सैनिकलाई मार्सल आर्ट तालिम दिँदै

चिनियाँ सेना। तस्बिर : बिबिसी

चीनले आफ्ना सैनिकलाई तालिम दिन मार्सल आर्टका २० प्रशिक्षकलाई तिब्बत पठाउने भएको छ ।  

सीमामा भारत र चीनका सेनाबीच भएको हिंसात्मक झडपछि चीनले उक्त कदम चालेको हो । तर यसबारे उसले आधिकारिक प्रतिक्रिया दिएको छैन ।  

यही जुन १५ गते राति सीमा क्षेत्र पूर्वी लद्दाखको गलवान उपत्यकामा दुई देशका सैनिकबीच झडप हुँदा भारतीय सेनाका एक उच्च अधिकारीसहित २० जनाको मृत्यु भएको थियो । तर चीनतर्फ के कति क्षति भयो अहिलेसम्म उसले जानकारी गराएको छैन ।  

यहीबीच चीनले आफ्ना सैनिकलाई मार्सल आर्टको प्रशिक्षण दिन २० प्रशिक्षक तिब्बत पठाउने निर्णय गरेको हो ।  

सन् १९९६ मा गरिएको एक सम्झौताका कारण सीमा क्षेत्रमा खटिने भारत र चीन दुवै देशका सेनाले बन्दुक वा विस्फोटक पदार्थ बोक्न  नपाउने नियम छ ।  

हङकङका सञ्चारमाध्यमका अनुसार मार्सल आर्ट प्रशिक्षक खटाइनेबारे समाचार चीनका आधिकारिक सञ्चारमाध्यमले यही जुन २० तारिखमा प्रकाशन गरेका हुन् ।  

एन्बो फाइट क्लबका २० प्रशिक्षक तिब्बतको राजधानी ल्हासामा रहने खबर सरकारी सीसीटीभीले प्रसारण गरेको छ । तर उनीहरूले सीमा क्षेत्रमा खटिएका सैनिकलाई प्रशिक्षण दिने वा नदिने विषयमा सीसीटीभीले खुलाएको छैन । स्रोत : बिबिसी

प्रकाशित: १४ असार २०७७ १७:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App