२२ असार २०७७ सोमबार
अन्तर्राष्ट्रिय

सोमालियामा मारिएका आतंककारी 'कमान्डर नेपाली'

फाइल तस्बिर

सोमालियाको आतंककारी संगठन अल सबाबका कमान्डर मारिएको छन् । ती व्यक्ति नेपाली भएको दाबी समाचार एजेन्सी रोयटर्सले गरेको छ। 

अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार बिहीबार  सोमालियाको सैन्य कारबाहीमा असरफ अज्मी अबु हमदन मारिएका हुन् र ती व्यक्ति नेपाली हुन् । सोमालियाको सरकारी रेडियोलाई उद्धृत गर्दै रोयटर्सले उनी नेपालबाट गएको दाबी गरेको हो । उनी सोमालियामा सक्रिय आतंककारी संगठनको वरिष्ठ प्रशिक्षक भएको रोयटर्सको समाचारमा उल्लेख छ ।  

जुबामा भएको सैन्य कारबाहीमा ती नेपाली भनिएका कमान्डरसहित संगठनका अन्य २ जना मारिएका थिए । सोमलियामा मुस्लिम राज्य स्थापना गर्ने उद्देश्यसाथ सन् २००८ देखि अल सबाब सक्रिय छ।

प्रकाशित: १४ असार २०७७ १५:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App