१२ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा संसदको बैठक बोलाउन भारतीय काँग्रेसका नेताको माग

भारतीय काँग्रेसका एक नेताले भारतीय संसदको बैठक बोलाउन प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष माग गरेका छन्।भारतीय काँग्रेसका नेता दिगविजय सिंहले सो माग गरेका हुन्। उनले प्रधानमन्त्री मोदीले जतिसक्दो चाँडो बैठक बोलाउन माग गरेका हुन्।

उनले भारतीय भूमिमा पछिल्लो समय चिनियाँ सेना प्रवेश गरेको भन्दै त्यस विषयमा आवश्यक छलफल गर्नका लागि पनि प्रधानमन्त्री मोदीले भारतको संसद बैठक बोलाउनुपर्ने माग गरेका हुन्। नेता सिंहले यस विषयमा भारतीय रक्षामन्त्री राजनाथ सिंहले केही नबताएको भन्दै यस विषयमा संसदमा छलफल गर्नु आवश्यक रहेकोले संसदको बैठक बोलाउनुपर्ने बताए।

चीन र भारतको सीमा क्षेत्र लदाखमा चिनियाँ सेनाको घुसपैठ भएको आरोप लगाउँदै यस विषयमा भारतीय संसदमा आवश्यक छलफल गर्नुपर्ने माग काँग्रेस नेताहरुले गरेका हुन्। मंगलबार आफ्नो ट्वीट अकाउन्टमा उनले सो माग राखेको बताइएको छ। उक्त क्षेत्रमा चिनियाँ सेना प्रवेश गरेको आरोप भारतले लगाएको छ भने चीनले यस आरोपको खण्डन गर्दै आएको छ।  

उक्त क्षेत्रमा सेनाको उपस्थितिका विषयलाई लिएर भारत र चीनबीच केही समययता देखि विवाद पनि हुदै आएको छ। 

प्रकाशित: २७ जेष्ठ २०७७ ०९:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App