१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

लकडाउन असफल: राहुल गान्धी

भारतीय काँग्रेसका नेता राहुल गान्धीले भारत सरकारले जारी राखेको लकडाउन असफल भएको टिप्पणी गरेका छन्। उनले भारत सरकारले लिएको यस लकडाउनको नीतिले भारतमा कोरोना भाइरसको संक्रमण रोक्न नसकेको आरोप पनि लगाएका छन्।  

उनले संक्रमितहरु दिनप्रति दिन बढ्दै गएका तर सरकारले लकडाउनको नीतिलाई राम्रोसँग पालना गराउन नसकेको बताएका छन्। उनले पछिल्ला दिनहरुमा भारतमा हरेक दिन ९ देखि १० हजार सम्म संक्रमितहरु थपिने गरेकोले सरकार यो महामारी रोक्न असफल भएको बताए।  

उनले भारतमा पनि अमेरिका र बेलायतको जस्तो महामारीको अवस्था आउने कुरा पछिल्ला तथ्यांकहरुले देखाएको धारणा राखेका छन्। उनले सरकारले लगाएको लकडाउनले  महामारी रोक्न नसकेपछि अब अरु विकल्पहरु रोज्नुपर्ने पनि ट्वीटमार्फत सुझाएका छन्।  

भारतमा शुक्रबारमात्र ९ हजार ८५१ जना संक्रमित थपिएका थिए। यहाँ गएको २४ घन्टायता २७३ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको बताइएको छ। यहाँ यस भाइरसका २ लाख २६ हजार ७७० जना संक्रमति भएका छन्। यीमध्ये १ लाख १० हजार ९६० जना पोजेटिभ छन्। अरु निको भएर घर फर्कीएका छन्।

प्रकाशित: २४ जेष्ठ २०७७ १२:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App