coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

स्पेनमा सङ्कटकाल लम्याउन संसदमा प्रस्ताव

देशमा लागू भइरहेको सङ्कटकालको म्याद थप्नका लागि स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले संसदमा प्रस्ताव लैजाने भएका छन्। अन्तिम दुई हप्ताका लागि उनले सङ्कटकालको म्याद थप्न संसद्सँग अनुमति मागेका हुन्।

कोरोनाभाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि देशमा लकडाउन लागू गर्नुपर्ने भएकाले उनले सङ्कटकालका लागि अनुमति माग्न लागेको जनाइएको छ।

स्पेनमा यसअघि घोषणा गरेर अहिले लागू भइरहेको सङ्कटकालको म्याद यही जुन ७ मा सकिनेछ।

प्रधानमन्त्रीको प्रस्तावमाथि बुधबार संसद्ले निर्णय दिने अपेक्षा गरिएको छ। संसद्मा प्रधानमन्त्रीको गठबन्धन अल्पमतमा रहेकोले अन्य दलबाट समर्थन नभएमा प्रस्ताव पास हुन सक्दैन। 

कोरोनाभाइरस नियन्त्रणका लागि स्पेनमा लकडाउनको आवश्यकता अझै पनि रहेको विज्ञ तथा सरोकारवालाहरूले बताएका छन्।

विश्वभरी कोरोना फैलिन शुरु गर्दा प्रारम्भिक चरणमै स्पेनमा धेरै फैलिएको थियो। कोरोनाभाइरसका कारण स्पेनमा अहिलेसम्म २७ हजार १२७ जनाको मृत्यु भइसकेको छ।

कोरोनाभाइरसबाट सङ्क्रमितहरूको सङ्ख्याको हिसाबले स्पेन अहिलेसम्म धेरै सङ्क्रमित भएका मध्ये चौथो अग्रस्थानमा रहेको छ।

स्पेनमा कोरोनाभाइरसको सङ्क्रमण तुलनात्मक रूपमा पहिलेभन्दा अहिले कम भएको भए पनि अझै पूर्ण नियन्त्रणमा भने आइसकेको छैन।

प्रकाशित: १९ जेष्ठ २०७७ १६:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App