coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा एकै दिनमा २०४ ओटा मजदुर विशेष रेल सञ्चालन

भारतको रेल सेवाले एकै दिनमा २०४ ओटा मजदुर विशेष रेल सञ्चालन गरिएको जनाएको छ । रेल मार्ग मन्त्री प्युष गोयलले मंंगलबार यती धेरै मजदुर विषेश रेल सञ्जालन गरिएको बुधबार जानकारी दिएका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् प्रति दिन झण्डै दुई सय श्रमिक रेल सञ्चालन गराउने आफ्नो प्रतिवद्धताअनुसार उनीहरुलाई सञ्चालनमा ल्याइएको स्पष्ट पार्नु गरेका छन् ।लकडाउनका कारण विभिन्न प्रदेशका अलपत्र परेका मजदुरहरुलाई जान चाहेको ठाउँमा लैजाने गरी यस्ता विषेश रेल सेवा सञ्चालन गरिएको उनको भनाई छ ।  

“हामीले अघिल्लो दिन झण्डै दुई सय रेल सञ्चालन गर्न सक्दछौँ भन्ने प्रतिबद्धता गरेका थियौँ, त्यही अनुसार मंगलबार दुई सयभन्दा बढी रेल सञ्चालन गरिएको छ,” उनले लेखेका छन् ।विषेश रेल सेवा सञ्चालन भएदेखि अहिलेसम्म एक हजार ७७३ ओटा विषेश रेल सेवा सञ्चालन भइसकेको उनले जानकारी दिए।  

उनले आगामी दिनमा मंगलबारभन्दा धेरै रेल सेवाहरु सञ्चालन गर्ने योजना रहेको पनि बताए ।त्यसका लागि चाडै नै अनलाईनबाट टिकट बुकिङ गर्ने व्यवस्था हुने पनि उनले उल्लेख गरेकन छन्। 

प्रकाशित: ७ जेष्ठ २०७७ १६:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App