६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

सार्वजनिक भए किम जोङ उन

प्योङयाङ - उत्तर कोरियाका शासक किम जोङ उन  लगभग २० दिनपछि सार्वजनिक कार्यक्रममा देखा परेका छन्।  उत्तर कोरियाको सरकारी मिडिया मार्फत उनी सार्वजनिक भएको जानकारी बाहिरिएको हो।

पछिल्ला केहि दिन किम जोङ उन  सार्वजनिक स्थानमा नदेखिएका कारण उनको स्वास्थ्यका बारेमा विश्वभरका मिडियाले विभिन्न किसिमका अड्कलबाजी लगाइरहेका थिए।

यस्तै उनका बारेमा विभिन्न अड्कलबाजी चलिरहेकै बेला उत्तर कोरियाली समाचार एजेन्सी (केसीएनए)ले उनी एउटा मल उद्योगको उद्घाटन कार्यक्रममा सहभागी भएको तस्बिर सार्वजनिक गरेको छ। 

उक्त कार्यक्रममा उनी बहिनी किम यो जोङ र अन्य विशिष्ट अधिकारीका साथमा उपस्थित भएको देखाइएको छ।

योभन्दा पहिला उनी १२ अप्रिलमा सार्वजनिक रुपमा देखिएका थिए। लामो समयसम्म उनलाई सार्वजनिक रुपमा नदेखिएपछि विश्वभर उनको स्वास्थका बारेमा चर्चा भएको थियो। उनी गम्भीर बिरामी हुनसक्ने दावी गरिएको थियो।

गत बुधबार अमेरिकी बिदेश मन्त्री माइकल पोम्पीयोले उत्तर कोरियाली नेता पछिल्लो केहि दिनदेखि देखा नपरेको बताएका थिए। त्यस्तै दक्षिण कोरियाले किम जोन उन गम्भीर बिरामी भएको खबर सत्य नभएएको बताएको थियो।

उत्तर कोरियाली शासक सार्वजनिक ठाउँमा नदेखिएको प्रश्न गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसबारे केही टिप्पणी गर्न नचाहेको बताएका थिए।

१५ अप्रीलमा आफ्ना हजुरबुवाको जन्मदिन समारोहमा किम जोङ उन  सहभागी भएका थिएनन्। यो समारोहलाई उत्तर कोरियाले सबैभन्दा ठुलो राष्ट्रिय दिवसका रुपमा मनाउँछ। उनका हजुरबुवा उत्तर कोरियाका संस्थापक हुन्। यही कार्यक्रममा नदेखिएका कारण उनको बारेमा चर्चा सुरु भएको थियो।
किम जोन उन यस अघि पनि गायब भएका थिए। सन् १०१४ मा पनि उनी ४० दिन गायब भएका थिए। 

प्रकाशित: २० वैशाख २०७७ ०३:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App