९ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतीय मूलका वैज्ञानिक 'ब्रिटिश कोरोना एक्सपर्ट ग्रुप' को अध्यक्ष

काठमाडौं – वेलायतमा भारतीय मूलका वैज्ञानिक नोवेल पुरस्कार विजेता प्रोफेसर वेङ्की रामकृष्णनलाई ब्रिटिश कोरोना एक्सपर्ट ग्रुपको एक उच्चस्तरीय समितिको अध्यक्ष पदमा नियुक्त गरेको छ। यो समितिले विश्वभरबाट प्राप्त कोरोना भाइरसको तथ्याङ्कको विश्लेषण गर्ने तथा भाइरस संक्रमण रोक्न दुरगामी समाधानको खोज गर्ने छ।

प्रोफेसर रामकृष्णन विश्वको सबैभन्दा पुरानो स्वतन्त्र बैज्ञानिक एकेडेमी ‘द रोयल सोसाइटी’ को अध्यक्ष पनि हुन्। द रोयल सोसाइटीका अनुसार संक्रमणको नयाँ तथ्याङ्क विश्लेष्णले कोरोना भाइरसको संकटलाई समाधान गर्न मद्दत गर्ने छ।

रामकृष्णनको जन्म भारतको तामिलनाडुमा भएको थियो। उनि लगायत अन्य दुई बैज्ञानिकलाई एकसाथ सन २००९मा  रसायनशास्त्र तर्फको नोवेल पुरस्कार दिइएको थियो। 

रोयल सोसाइटीका अनुसार डेटा इभ्यालुयसन एन्ड लर्निङ फर भाइरल एपिडेमिक्स (डिइएलभिइ)नामको समूह स्थापना गरिएको छ जसले विभिन्न देशहरुमा महामारीबाट लड्नको लागि गरिएको उपाएको विश्लेषण गर्दछ।

वेलायत सरकारले यो प्रयासको स्वागत गर्दछ। डेटा इभ्यालुयसन एन्ड लर्निङ फर भाइरल एपिडेमिक्सले राष्ट्रिय र अन्तराष्ट्रिय तथ्याङकको विश्लेषण गर्दै कोरोना भाइरसको रोकथामको लागि गरिएको रणनीतिक कदम को निगरानी गर्ने गर्दछ। साथै, यसले जन स्वास्थ्य, सामाजिक तथा आर्थिक पक्षमा पर्ने प्रभावको बारेमा अनुसन्धान गर्दछ। 

यो संस्थामा वेङ्की रामकृष्णन्का साथै अन्य चौध सदस्य समितिमा रामकृष्णन्की बहिनी ललिता रामकृष्णन पनि सहभागी रहेकी छिन्। उनि क्याम्ब्रीज विश्वविद्यालयमा संक्रामक रोग र प्रतिरोधक क्षमता सम्बन्धी विषयकी प्राध्यापिका हुन्।

प्रकाशित: ६ वैशाख २०७७ ११:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App