७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

म्यानमार ‘मोर्टार’ आक्रमणमा २१ विद्यार्थी घाइते

याङ्गोन – बिहीबार म्यानमारको उत्तरी रखाइन राज्यमा एक विद्यालयमा ‘मोर्टार’ आक्रमण हुँदा कम्तीमा २० बालबालिका घाइते भएका छन्। रखाइन राज्यमा म्यानमारको सेनाले लामो समयदेखि आराकन सशस्त्र विद्रोही (एए)ले जातीय मुक्तिका लागि गरेको आन्दोलनविरूद्ध युद्ध गरिरहेको छ।

बिहीबारको आक्रमण बुटिडाउङ नगरको एक बस्ती जजिकै भएको हो, जहाँ म्यानमारले सशस्त्र विद्रोहीविरूद्ध लामो समयदेखि लड्दै आएको छ। आक्रमण सरकारी सेना वा विद्रोहीले गराएका भन्नेबारे पुष्टि हुनसकेको छैन। गत वर्षको जनवरीदेखि दुई पक्षबीच चलेको द्वन्द्वले चर्को रूप लिएपछि दर्जनौँ सर्वसाधारणको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन्। यसबीचमा उक्त स्थानबाट करिब एक लाख स्थानीय विस्थापित भएका छन्। एएले जातीय रखाइन बौद्धमार्गीहरूको स्वतन्त्रताका लागि लडिरहेको दाबी गरेको छ। रखाइन क्षेत्र म्यानमारका अल्पसंख्यक मुसलमान समुदाय रोहिंज्याहरूको बाहुल्यता भएको क्षेत्र हो।

खाम्बे गाउँका शिक्षक थार आय माउंगले फोनमार्फत बिहीबार दिएको जानकारीमा उनले भने, ‘विद्यालयमा भएको आक्रमणमा २१ जना विद्यार्थी घाइते भएका छन्। आक्रमणबाट घाइते भएकी एक बालिकालाई हात र खुट्टामा गम्भीर चोट लागेको र अन्य विद्याथीहरूलाई पनि शरिरका विभिन्न भागमा चोट लागेको लागेको छ।’ घाइते भएका विद्यार्थीहरू बुद्धमार्गी खामी समुदायका रहेका बताइएको छ। बिहीबार बिहान सरकारी सेना र विद्रोही एए समूहबीच विद्यालयबाट करिब तीन किलोमिटर टाढा भिडन्त भइरहेको थियो,’ उनले थपे। हामीले विद्यालयदेखि टाढा युद्ध भएका कारण गोलाबारूद विद्यालयसम्म नआउने सोचेर कक्षा सञ्चालन गरिरहेका थियौँ। तर, एक्कासी मोर्टार विद्यालय परिसरमा खसको थियो। माउङदाव जिल्लाका प्रशासन प्रमुखले घटनाको पुष्टि गरेका छन्। तर, घाइतेहरूको संख्या भने १९ रहेको उनले बताए।

उनले विद्यालयमा सेनाले आक्रमण गर्नुपर्ने कारण नभएको तर कहिलेकाही सेनाको विद्रोहीले लुटेका हतियार यस्ता घटनामा प्रयोग हुने गरेका म्यानमार सेनाका पश्चिमी कमाण्डका प्रवक्ता कर्नेल विन ताओले बताए। हाम्रो लुटिएको हतियार विद्यालयमा हानेर सेनाले आक्रमण गरेको भनी उनीहरूले गलत दाबी गरिरहेको प्रवक्ता ताओले बताए। घटनाबारे विद्रोहीको भनाइ राख्न गरेको प्रयास सफल हुनसकेन।

प्रकाशित: २ फाल्गुन २०७६ ०२:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App