८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

छोरीकाे हनिमुनमा गएकी आमाले आफ्नै ज्वाइसँग गरिन् विहे

लन्डनको ट्वीकेनहममा अचम्मको घटना घटेको छ। जहाँ एउटी आमाले छोरीलाई नै धोका दिएकी छन्। ३४ वर्षिया महिलाले घटनाको १० वर्षपछि आफ्नो दर्दनाक अवस्थाको कुरा सबैमाझ सेयर गरेकी छन्। लन्डनको ट्वीकेनहममा लरेन वालको विवाह भएको २ महिना पनि नपुग्दै उनका श्रीमान एक्कासी घर छोडेर गए। पछि आफन्तहरू मार्फत उनले थाहा पाइन कि उनका श्रीमान आफ्नी आमासँग बस्न थालेका छन्।

लरेनले सन् २००४  मा पलसँग विवाह गरिन्। आमा जुलीले विवाहमा १४ लाख रूपैयाँ खर्च गरेकी थिइन्। लरेन धेरै खुसी भइन् र उनको आमालाई पनि हनिमुनमा लिएर गईन्। उसलाई थाहा थिएन कि पछि यस्तो हुन्छ भन्ने।

हनिमुनबाट फर्किए लगत्तै जुली र पलसँगै बस्न थाले। यो कुराले लरेनलाई ठूलो झड्का लाग्यो जुन आामाको उनले रेखदेख गरिन् त्यही आमाले उनलाई धोका दिइन्। अझै ठूलो झड्का त त्यतिबेला लाग्यो जब आमा र पलबीच बच्चा जन्मियो।

धेरै वर्षपछि जुली र पलको बिहे पनि भयो। छोरी लरेन पनि त्यस विवाहमा सामेल भइन्। मिररको युकेको रिपोर्ट अनुसार आमा जुलीले सुरुमा सम्बन्धलाई अस्विकार गर्न खोजिन्। तर समयसँगै उनले आफ्नो गल्ती स्वीकारीन्। पलले कहिल्यै लोरेनसँग माफी मागेनन्। लरेन भन्छिन् जे भयो त्यसले उनलाई लामो समयसम्म असर गरि रह्यो। उनी कहिल्यै आमालाई पूर्ण रूपमा माफी दिन सक्दिनन्। एजेन्सी

प्रकाशित: १० माघ २०७६ ११:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App