७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

प्रश्न गर्दा जागिर चट् !

जोर्डी कासामित्जाना एउटा एनिमल वेल्फेयर च्यारिटी कम्पनीबाट जागिरबाट निकालामा परे। यसको खास कारण चाहिँ उनी जुन संस्थामा काम गर्थे, त्यो संस्थासँग जम्मा भएको पैसा त्यस्ता कम्पनीमा लगानी गरिएको थियो, जुन जनावरको उछित्तो काढ्थे।

मानौँ, एनिमल वेल्फेयर सोसाइटीको पैसा कुनै मासु उत्पादक कम्पनीमा लगानी गरेको छ भने त्यो जायज हो कि होइन ? जोर्डीले आफ्नो कम्पनीलाई सोधेको पनि यत्ति नै मात्र थियो। तर उनको प्रश्नलाई कम्पनीले यति आपत्तिजनक मान्यो कि उनलाई जागिरबाटै निकालिदियो।

तर जोर्डी यत्तिमै चित्त बुझाउने किसिमका मानिस थिएनन्। उनले अदालतमा मुद्दा नै हाले। आफ्नो जागिर थमौतीका लागि होइन, त्यस्ता समाजसेवी कम्पनीले नीतिविपरीत लगानी गर्नुहुन्छ कि हुँदैन भनेर।

उनको माग छ, ‘मासुविरोधी संस्थाले मासु उत्पादक कम्पनीमा लगानी गर्नु हुँदैन भन्ने मेरो राय हो। अदालतले यस किसिमको दार्शनिक प्रश्नको उत्तर दिनुपर्छ कि पर्दैन ? पर्छ भने त्यसलाई कानुन ल्याएर संरक्षण गरिनुपर्छ भन्ने मेरो राय हो।’

उनी काम गरेको संस्था लिग अगेन्स्ट क्रुएल स्पोर्ट्सले बेलायतमा मनोरञ्जनका लागि स्याल र ब्वाँसाहरु मार्ने मनोरञ्जन उद्योगलाई प्रतिबन्ध लगाउनु हो। जब उनले यो कम्पनीले विभिन्न उद्योगमा लगानी गरेको चाल पाए, त्यसको विरोध गरे। उनको विरोध चुलिदै गएपछि उनलाई सो संस्थाले कार्बाही स्वरुप जागिरबाट निकालेको थियो।
अदालतले यसबारे आउँदो शुक्रबार निर्णय गरिने बताएको छ। (शुक्रबार साप्ताहिकबाट)

 

प्रकाशित: २९ पुस २०७६ १२:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App