coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

आँधीका कारण अमेरिकामा कम्तीमा ११ जनाको मृत्यु

आँधीका कारण क्षतिग्रस्त संरचना। तस्बिर : एजेन्सी

वासिङ्टन (एजेन्सी) – अमेरिकाको दक्षिणी क्षेत्रमा आएको शाक्तिशाली आँधीका कारण कम्तीमा ११ जनाको मृत्यु भएको छ।

आँधीसँगै कडा हावाहुरी र बाढी पनि आएकाले मानवीय क्षति भएको अधिकारीले जानकारी दिएका छन्। घटनामा परी मृत्यु भएकामध्ये एक जना प्रहरी र एक जना उद्धारकर्तासमेत रहेको जनाइएको छ। टेक्सासको लुब्बुकमा शनिबार बिहान उनीहरुको मृत्यु भएको हो।

त्यसैगरी, ओक्लाहोमामा पनि बाढी र बर्षासँगै आँधी आएको थियो। त्यस क्षेत्रमा खटिएको गस्ती टोलीले शनिबार दिएको जानकारीअनुसार आँधीका कारण सवारीसाधन बाटोमै रोकिएका थिए। वृद्धवृद्धाको एउटा जोडी शनिबार लुइसियानानजिकै शनिबार मृत अवस्थामा भेटिएका थिए भने अर्का एक जनाको इओवामा मृत्यु भएको थियो।

आँधीपछि टेक्सासदेखि ओहियोसम्मका हजारौं घरमा विद्युत सेवा अवरुद्ध भएकाले लाखौं मानिस विद्युत् सेवाविहीन अवस्थामा रहेको सरकारी अधिकारीलाई उद्धृत गर्दै चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ। आँधीकै कारण कतिपय राजमार्ग पनि बन्द भएका छन्। विषेशगरेर ओक्लाहोमा र अर्कान्सासमा बाढी आएकाले बाटो बन्द भएका हुन्। त्यसैगरी, सिकागोका दुई अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने एक हजार २ सय भन्दाबढी उडान सेवा स्थगित भएको अधिकारीले जनाएका छन्। विमानस्थलका अधिकारीका अनुसार ओहारे अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै ९ सय ५० भन्दाबढी उडान स्थगित भएका हुन्। शनिबार बिहानैदेखि आइतबार दिउँसोसम्मका सेवा बन्द गरिएको उनीहरुले जानकारी दिएका छन्। शनिबार रातभरी र बिहानसम्म पनि बर्षा भएको उनीहरुले बताएका छन्।

प्रकाशित: २८ पुस २०७६ ०३:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App