८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

इरान विमान दुर्घटनाः 'पाइलटकी श्रीमतीले नउडाउन भनेकी थिइन्, तर मानेनन्'

किव - इरानमा यूक्रेनको विमान दुर्घटना भयो। जसमा सवार सबै १ सय ७६ जनाले ज्यान गुमाए। दुर्घटनामको केही दिनपछि उक्त विमान भुलवश इरान आफैले खसालेको स्वीकार गर्यो। उक्त विमान पाईलट वोलोडीले उडाएका थिए।

दुुर्घटनाको एक हप्तापछि पाइलट वोलोडीकी पत्नी कैटलीना गैपोनेले पतिसँगको अन्तिम कुराकानीबारे खुलासा गरेकी छन्। अन्तिम पटकको भेटमा आफूले विमान नउडाउन आग्रह गर्दा पनि उनले नमानेको बताएकी छन्। श्रीमानलाई उदृत गर्दै उनले भनेकी छन्, ‘म पछि हट्दिन ,योे गर्दिन त अरू केही पनि गर्दिन।’

कैटलिनाले बताइन म इरान र अमेरिकाबीच चलिरहेको द्वन्दको कारण तनावमा थिए। त्यो दिन उनि एकदमै चिन्तामा थिइन्। उनको मन डराइरहेको थियो। मैले उनलाई विमान नउडाउन भने, तर इमान्दार मेरो पतिले यात्रुलाई निरास बनाउन चाहेनन्। उनले विमान उडाउने नै निर्णय गरे।

छोरीलाई बाबु फर्किनेको पर्खाइ
कैटलीना र वोलोडिमिरका दुई ६ र ११ वर्षका दुई छोरीहरू छन्। कैटलिनाले बताइन बञ्चाहरूलाई थाहा छैन कि उनको बाबु यो संसारमा छैनन्। उनिहरूलाई लागेको छ कि उनिहरूका पिता फेरि फर्केर आउछन्। उनलाई उनको पतिप्रती गर्व छ, उनले यहि बताइन् कि सबै इरान र अमेरिकालाई लिएर तनावमा थियौ यसका बाबजुद पनि एयरलाईनका प्रमुखले विमान उडने अनुमती कसरी दिए यो एक अनौठो कुरा हो।

७ जनवरीको राति विमान उडेको ३ मिनेटमा एर्यरपोर्टबाट केही दुरी पार भएको थियो। मृत्यु हुनेमा ६३ क्यानेडियन नागरिक सामेल थिए। यी बाहेक ८२ इरानी, ११ युक्रेनी १० स्विजरल्याड र अरू जर्मनी र ब्रिटेनका ३/३ नागरिकको दुर्घटनामा ज्यान गयो।

प्रकाशित: २७ पुस २०७६ ०८:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App