१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

इरानद्वारा अमेरिकी सैन्य अखडामा मिसाइल आक्रमण

काठमाडौं- इरानले अमेरिकी सेनाले प्रयोग गरिरहेको हवाई अड्डामा आक्रमण गरेको छ। इराकस्थित अमेरिकी सेनाको हवाई अड्डामा इरानले आक्रमण गरेको हो। अमेरिकाले इरानका सैन्य कमाण्डर कासिम सुलेमानीको ड्रोन आक्रमणमा हत्या गरेपछि इरानले त्यसको जवाफमा अमेरिकी सेनाका दुई हवाई अड्डामा ब्यालेस्टिक मिसाइल आक्रमण गरेको हो।

अमेरिकी रक्षामन्त्रालय पेन्टागनले इराकमा अमेरिकी सेनाका दुई स्थानमा दर्जन भन्दा बढी मिसाइल आक्रमण भएको पुष्टि गरेको छ।

इरानको सरकारी सञ्चारमाध्यमले जनरल कासिमको हत्याको बदलाको लागि यो आक्रमण भएको बताएको छ। अल मयादीन टेलिभिजनका अनुसार जनरल सुलेमानीको अन्तिम संस्कार भएको केही घण्टामा यो आक्रमण भएको हो। पहिले अल-असदमा मिसाइल आक्रमण भएको थियो भने त्यस पछि इरबिमा।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकी सेना माथि आक्रमण गरेको बताउँदै हताहतको समीक्षा जारी रहेको ट्वीट गरेका छन्। उनले भनेका छन्, 'हामीसँग संसारको शक्तिशाली सेना छ।'

इरानका विदेशमन्त्री जव्वार जरिफले आत्मरक्षाको लागि हमला गरिएको बताएका छन्। उनले ट्वीट गर्दै भनेका छन्, 'इरानले संयुक्त राष्ट्रसंघको घोषणापत्रको धारा ५१ अनुसार आत्मरक्षाको लागि आक्रमण गरेको हो। जहाँबाट कायरतापूर्ण तरिकाबाट हाम्रा नागरिक र वरिष्ठ अधिकारीका विरुद्धमा हमला भएको थियो। हामी लडाई बढाउन चाहन्नौ तर हामी आत्मरक्षा गर्छौं।'

 

 

 

 

 

प्रकाशित: २३ पुस २०७६ ०६:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App