१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

'एउटा घोडा': 'जसले अस्ट्रेलियामा लागेको डढेलोबाट परिवारलाई बचायो'

मेरुयां - अस्ट्रेलियामा डढेलोका कारण दुई दर्जन मानिसहरुले ज्यान गुमाइसकेका छन्। ६ हजार घरहरु जलेर नष्ट भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। समाचारमा जनाइएअनुसार अहिलेसम्म पचास करोडको हाराहारीमा पशुपंक्षी जलेर मरेका छन्। आगो अझैं नियन्त्रणमा आउन सकेको छैन। नियन्त्रणमा आउन अझैं महिनौ लाग्न सक्ने अस्ट्रेलियाका प्रधानमन्त्री मोर्रिसनले जनाएका छन्।

जंगलमा लागेको भीषण आगलागीबाट एक परिवारको ज्यान उसको घोडाले बचाएको छ। नयाँ वर्षमा छुट्टी मनाउन दक्षिणी सिड्नीबाट २५० किलोमिटर टाढा मोरुवाको समुन्द्री किनार आसपासमा गएका एक परिवारका दुई जनाको ज्यान उनको घोडाले बचाएको हो। किनारमा विन्टरका छोरा गाडीमा पुगेका थिए। पछि विन्टर पनि घोडामा उक्त ठाउँमा पुगिन्।

त्यही समयमा जंगलमा लागेको आयो उनीहरु भएतिरै आउन थाल्यो। नजिकै आगलागी भएपछि ठूलो मात्रामा धुवा फैलियो। चरैतिर धुवा फैलिएपछि त्यहाँबाट निस्किने बाटो कसैले पाउन सकेनन्। यस्तो अवस्थाबाट उनीहरुको घोडा चार्मरले सबैलाई सुरक्षित स्थानमा पुर्यायो।

‘जंगलमा लागेको आगोले केही पनि देखाइरहेको थिएन।’ शनिबार विन्टरले भनेकी छन्, ‘तापक्रम बढिरहेको थियो। यताउती देख्न लगभग बन्द भैसकेको थियो। यस्तोमा हार्मी रिसोर्ट पुग्नसक्ने अवस्था नै थिएन। समुन्द्र किनार पनि टाढै थियो।
हामी फसिसकेका थियौं। यस्तो अवस्थामा हाम्रो घोडाले सही बाटो देखायो र हामीलाई सुरक्षित उद्दार गर्यो।  यो बास्तवमै ‘हिरो घोडा’ हो। मेरो हिरो’।

उनको घर पुरै जलेको छ। उनी अस्ट्रेलियाकै एउटा होटेलमा बसेका छन्। अस्ट्रेलियामा आगलागीको यो पहिलो घटना भने होइन। क्रिब तीन महिना पहिलेदेखि लागेको आयो अझैं नियन्त्रणमा आउन सकेको छैन।

प्रकाशित: २१ पुस २०७६ ०६:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App