९ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दुर्घटनामा एक हजार चारसयको मृत्यु

त्रिपोली (एजेन्सी) – लिबियामा गत नौ महिनामा भएका सवारी दुर्घटनामा परी एक हजार चारसय भन्दा बढीको मृत्यु भएको छ।

गृह मन्त्रालयले सोमबार सार्वजनिक गरेको एक विवरणअनुसार सन् २०१९ को जनवरीदेखि सेप्टेम्बर महिनासम्ममा उनीहरुको मृत्यु भएको हो। ‘गत जनवरीदेखि सेप्टेम्बरसम्म एक हजार एक हजार एक सय १५ सवारी दुर्घटना भएको विवरण छ। ती दुर्घटनामा परी एक हजार चार सय नौजनाको मृत्यु भएको देखिएको छ,’ मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ।

ती दुर्घटनामा परी तीन हजार एक सय एकजना घाइते भएको मन्त्रालयका अधिकारीले जानकारी दिएका छन्। असीमित र अनियन्त्रित गति, चालकमा पर्याप्त सीपको अभाव, सवारी साधन र सडकको खराब अवस्था, चालकको एकाग्रतामा कमीलगायतका कारणले लिबियामा धेरै दुर्घटना हुने गरेको बताइएको छ।

गृह मन्त्रालयले ट्राफिक नियमको पूर्णपालना गर्न र सवारी चलाउँदा सतर्कता अपनाउनसमेत सवारी चालकलाई आग्रह गरेको छ।

यसअघि सन् २०१८ मा सवारी दुर्घटनाकै कारण लिबियामा झण्डै दुई हजार पाँचसय जनाको मृत्यु भएको गृह मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ।

प्रकाशित: ४ मंसिर २०७६ ०१:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App