coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सिरियाका बालबालिकालाई ध्यान दिन युनिसेफको आग्रह

वासिङ्टन – संयुक्त राष्ट्र बालकोष (युनिसेफ) की कार्यकारी निर्देशक हेनरिता फोरले सिरियाका बालबालिकाको सुरक्षामा विश्वका प्रमुख सात औद्योगिक राष्ट्र (जी–७)का नेताले विशेष ध्यान दिन आग्रह गरेकी छन्।

हेनरिताले जारी गरेको विज्ञप्तिमा सिरियामा सन् २०१९ को शुरुवातदेखि हालसम्म कम्तीमा ४ सय १९ बालबालिका मारिएका र झण्डै १ सय ६९ जना बालबालिकालाई विद्रोहीले सेनामा भर्ना गरेको उल्लेख छ।

उत्तरपश्चिम सिरियामा मात्र शैक्षिक संस्थामा ७३ पटक, स्वास्थ्य संस्थामा ४९ पटक र खानेपानीका पूर्वाधारमा २९ पटक आक्रमण भएको युनिसेफको भनाइ छ। सिरियामा खानेपानीका पूर्वाधारमा भएको आक्रमणबाट छ लाख १० हजारभन्दा बढी मानिस प्रभावित भएका थिए।

‘इड्लिबमा भड्किएको हिंसा अझ व्यापक हुने संकेत देखिएको छ। यी हिंसाबाट बालबालिका र सर्वसाधारणको मृत्यु वा घाइते हुने सम्भावना अझै बढेको छ। साथै, हिंसाबाट जोगिन ठूलो संख्यामा मानिस पलायन हुने खतरा छ,’ हेनरिताको विज्ञप्तिमा उल्लेख गरिएको छ।

सिरियाली द्वन्द्व नवौं वर्षमा प्रवेश गरेको सन्दर्भमा यस युद्धबाट प्रभावित सबै बालबालिकालाई सुरक्षित राख्न र उनीहरुको अधिकार रक्षाका लागि प्रमुख औद्योगिक राष्ट्रको भूमिका महत्वपूर्ण हुने युनिसेफले जनाएको छ।

प्रकाशित: ९ भाद्र २०७६ ०२:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App