२९ असार २०७७ सोमबार
अन्तर्राष्ट्रिय

‘फेड प्रमुखले राजिनामा दिए रोक्दिनँ’

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी केन्द्रीय बैंक (फेड)का प्रमुख जेरोम पावेलले राजिनामा दिए आफूले नरोक्ने बताएका छन्।

अमेरिकी अर्थव्यवस्थाका सम्बन्धमा ट्रम्पका नीतिको आलोचना गरेसँगै पावेललाई राजिनामा दिन राष्ट्रपति ट्रम्पले सुझाव दिइरहेका छन्। फ्रान्समा आयोजना हुने सात प्रमुख औद्योगिक राष्ट्रको बैठक (जी ७) मा भाग लिन त्यसतर्फ प्रस्थान गर्नुअघि पावेलका बारेमा सोधिएको एक प्रश्नमा राष्ट्रपति ट्रम्पले भने, ‘उहाँले राजिनामा दिए, मैले रोक्ने छैन।’ राष्ट्रपति ट्रम्पले शुक्रबार नै एक कार्यक्रममा चीनभन्दा ठूलो ‘दुश्मन’ पावेल रहेको बताएका छन्।

फेड प्रमुख पावेलले राष्ट्रपतिको भावना विपरीत पटकपटक व्याजदर कटौती गरेको र आफ्ना अर्थनीतिलाई खुलेर समर्थन नगरेको राष्ट्रपति ट्रम्पको आरोप रहँदै आएको छ। राष्ट्रपति ट्रम्पले नै पावेललाई केन्द्रीय बैंकको प्रमुखमा सन् २०१८ मा नियुक्त गरेका थिए।

प्रकाशित: ८ भाद्र २०७६ ११:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App