८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

भाकपा महासचिव सीताराम येचुरी पक्राउ

नयाँ दिल्ली– भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी)का महासचिव सीताराम येचुरीलाई शुक्रबार दिउँसो श्रीनगरबाट पक्राउ गरिएको छ। येचुरीले पार्टीको लेटरहेडमा जम्मू कश्मीरको राज्यपाल महिकलाई लेखेको पत्रबारे एउटा ट्वीट गरेका थिए। सो पत्रमा उनले मलिकलाई भनेका थिए की उनी र भाकपा नेता डी.राजा, माकपा नेता युसूफ तरीगामीसँग भेट गर्नका लागि विहान ९ः५५ बजे इंडिया फ्लाइटबाट श्रीनगर आइरहेका छन्।

येचुरीले लेखेका थिए कि टुक्रिसकेको जम्मू कश्मीर विधानसभाको विधायत तरीगामीको स्वास्थ्य ठीक छैन्। हल्लै हल्लाकाबीच दिउँसो उनको पार्टीले श्रीनगर पुग्नासाथ उनलाई पक्राउ गरियो भनेर पुष्टि गरेको थियो। आफुलाई यसरी पक्राउ गरेको कार्य गैरकानूनी भएको उनले बताए। समाचार एजेन्सी एएनआईका अनुसार येचुरीलाई पक्राउ नगरेर रोकिएको मात्र थियो। जम्मू कश्मीरलाई अनुच्छेद ३७० बाट हटाउनु भन्दा पहिले ४ अगस्टबाट नै राज्यलाई  सञ्चार सेवाहरुबाट पुरै प्रतिबन्ध लगाइएको थियो।

बिहीबार काँग्रेसका वरिष्ठ नेता आजादलाई पनि श्रीनगर हवाई अड्डामा रोकिएको थियो। श्रीनगरका लागि जानु भन्दा पहिले आजादले कश्मीरीहरुसँग बाटोमै खाना खाएको तस्वीर प्रकाशित गर्नका लागि राष्ट्रिय सुरक्षा सलाहकार अजीत डोभालको कडा आलोचना गरेका थिए।

डोभालको उक्त फोटोको पछाडी आजादले भने, ‘पैसा दिएर तपाई जोसुकैलाई पनि आफ्नो बनाउन सक्नुहुन्छ।’ क्षेत्रका अधिकारीहरुले आफैले बताए की ५ अगस्टबाट पूर्व मूख्यमन्त्री महबुबा मुफ्ती र उमर अब्दुल्लासहित ५ सय भन्दा बढि स्थानीय नेताहरु पक्राउ परिसकेका छन्।

ती मध्ये पनि धेरै जसोलाई श्रीनगरस्थित शेर–ए–कश्मीर इन्टरनेशनल कन्वेशन सेन्टरका अस्थायी हिरासत केन्द्र र बारामुला र गुजेर सहित यस्ता अन्य केन्द्रहरुमा राखिएको छ। अब्दुल्ला र मुफ्तीलाई हरी निवास र गुपकर रोडमा रहेको अस्थायी हिरासत केन्द्रमा राखिएको छ।

श्रीनगर लोकसभाका सांसद र नेशनल कन्फ्रेन्सका प्रमुख फारुक अब्दुल्लाले पनि आरोप लगाए कि नजरबन्द गरेर राखिएको थियो। यो भन्दा पहिले गृहमन्त्री अमित शाहले सांसदले फारुक अब्दुल्लालाई नजरबन्द गरिएको छ्रैन भनेर दावा गरेका थिए। 

प्रकाशित: २४ श्रावण २०७६ १२:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App