coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

काबुलमा विस्फोट कम्तीमा १४ को मृत्यु, १४५ घाइते

काबुल – अफगानिस्तानको राजधानी काबुलमा बुधबार तालिबान आतंककारी समूहले गराएको कारबम विस्फोटमा परी कम्तीमा१४ जनाको मृत्यु भएको छ भने १४५ जना घाइते भएका छन्। अफगान अधिकारीहरुका अनुसार मृत्यु हुनेमा कम्तीमा दश जना सर्वसाधारण र चार जना प्रहरी रहेका छन्। घटनामा परी घाइते भएका १४५ जनामध्ये ९२ जना सर्वसाधारण रहेको अधिकारीहरुले बताएका छन्।

यसमा पनि महिला र बालबालिकाको संख्या बढी रहेको जनाइएको छ। ती सबैलाई उपचारको लागि अस्पतालमा लगिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता वाहिदुल्लाह मयारले बताएका छन्।विस्फोटपछि प्रहरी कार्यालय क्षेत्रमा कालो धूवाँ फैलिएको स्थानीय प्रत्यक्षदर्शीहरुले जानकारी दिएका छन्।

अफगानिस्तानमा आगामी अक्टोबर २८ हुन गइरहेको राष्ट्रपतीय निर्वाचनको अगाडि  अमेरिका र तालिबानबीच शान्ति सम्झौता हुने आशा गरिएको यस अवस्थामा कारबम विस्फोट गराइएको छ। अफगानिस्तानको गृह मन्त्रालयले तालिबान विद्रोहीले कार बम विस्फोट गराएको जनाएको छ। तर तालिबान लडाकुले भने लामो ट्रक बम विस्फोट गराएको दाबी गरेका छन्।

पश्चिम काबुलमा रहेको एक प्रहरी स्टेसनको प्रवेशद्वारमा स्थानीय समयअनुसार बुधबार बिहान नौ बजे सो विस्फोट गराएको गृह मन्त्रालयका प्रवक्ता नुरात रहिमीले बताएका छन्। तालिबान लडाकूहरुको दाबीको गृह मन्त्रालयले खण्डन गरे पनि अफगानिस्तानी अधिकारीहरुले भने स्वीकार गरेका छन्। 

आफूले अचानक एक भीषण आवाज सुनेको र आफ्नो पसलमा रहेको झ्यालका सिसा सबै फुटेर सबैतिर छरिएको सो इलाकाका एक पसले अहमत सालेहले फ्रान्सेली समाचार समिति एजेन्सी एएफपीलाई बताएका छन्। सो विस्फोट गराइएको एक किलोमिटरपर सम्मका करिब २० वटा पसल विस्फोटबाट प्रभावित भएको जनाइएको छ।

यस कारबम विस्फोटको जिम्मेवारी तालिबानी लडाकु समूहले लिएको छ। अफगानिस्तानमा जरी द्वन्द्वको क्रममा सन् २०१९ को जुलाईसम्म एक हजार पाँच सय भन्दाबढी सर्वासधारण घाइते भएको संयुक्त राष्ट्रसंघले हालै जनाएको छ।

 

प्रकाशित: २३ श्रावण २०७६ ०२:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App