७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

जम्मु कश्मिरमाथि भारतले गर्‍यो चार ठूला निर्णय

कश्मिर - भारतको उत्तरी राज्य कश्मिर विवादपछि भारत सरकारले चार ठूला निर्णय गरेको छ।  उक्त निर्णयानुसार भारतले कश्मिरलाई दिएको विशेष स्वायत्तता खारेज गर्ने भएको छ। भारतका गृहमन्त्री अमित साहले सोमबार संसद्‌मा यस्तो घोषणा गरेका हुन्।

त्यस्तै दाेस्राे निर्णय कश्मिरबाट लद्दाख अलग हुनेछ। लद्दाख केन्द्रबाट शासित हुनेछ। कश्मिर केन्द्र शासित प्रदेश हुनेछ।

गृहमन्त्री साहले संविधानको धारा ३७० खारेज गर्ने संकल्प प्रस्ताव राज्यसभामा पेस गरेका छन् । साहले संकल्प प्रस्ताव पेस गरेपछि राज्यसभामा हंगामा भएको थियो। कांग्रेस नेता गुलाम नबी आजादले संविधानको धारा ३७० खारेज गरेर बिजेपीले संविधानको हत्या गरेको आरोप लगाएका छन् ।

धारा ३७० ले भारत प्रशासित जम्मु-कश्मिरलाई अन्य भारतीय राज्यभन्दा बढी स्वायत्तता प्रदान गरेको छ। केन्द्र सरकारको यस्तो घोषणाले राज्यमा हिंसा भड्किन सक्ने आशंका गरिएपछि कश्मिरभरि हजारौं संख्यामा सेना परिचालन गरिएको छ। भारतीय संचारमाध्यमका अनुसार थप ८ हजार सेना हेलिकप्टरमार्फत् कश्मिर पठाइएकाे छ।

प्रकाशित: २० श्रावण २०७६ ०७:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App