७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपतिमा मिचेल ओबामाको ‘शून्य सम्भावना’

वासिङ्टन – अमेरिकाकी पूर्वप्रथम महिला मिचेल ओबामाले अमेरिकी राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिने सम्भावना शून्य रहेको स्पष्ट पारेकी छन् । उनले उम्मेदवारी दिने चर्चा चलिरहेका बेला आफू त्यस प्रतिस्पर्धामा नरहेको शुक्रबार स्पष्ट पारेकी हुन् । मिचेलले देशको सेवा गर्नका लागि अन्य धेरै बाटो रहेकाले राष्ट्रपति नै बन्नु पर्ने चाहना नभएको बताइन् ।

‘राष्ट्रपतीय पदमा उम्मेदवारी दिने विषयमा मेरो शून्य सम्भावना रहेको छ,’ उनले राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने बारेमा सोधिएको प्रश्नमा बताइन् । आफूले युवाहरुसँग काम गर्न चाहेको र स्वस्थ जीवनका लागि धेरै परिवारलाई सहयोग गर्न चाहेको उनले बताइन् ।

आफूलाई राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिन पटक पटक आग्रह भइरहेको पनि उनले खुलासा गरेकी छन् । हालै मात्र अमेरिकी चलचित्र निर्माता मिचेल मुरले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विस्थापित गर्न मिचेल ओबामाले मात्रै सक्ने बताएका थिए । उनको टिप्पणीसँगै राष्ट्रपतिका लागि मिचेल ओबामाको उम्मेदवारीको चर्चा चुलिएको थियो ।

प्रकाशित: १९ श्रावण २०७६ ०३:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App