८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

अवैधानिक प्रदर्शनका क्रममा रुसमा कैयौं पक्राउ

विपक्षी नेत्री ल्युवोभ सोबोललाई पक्राउ गर्दै रुसी प्रदर्शनकारी

मस्को – रुसको राजधानी मस्कोमा शनिबार आयोजित अवैधानिक प्रदर्शनमा सहभागी भएको आरोपमा तीन सयभन्दा बढी पक्राउ परेका छन्। पक्राउ पर्नेमध्ये रुसी विपक्षी नेत्री ल्युवोभ सोबोल पनि रहेको बिबिसीले उल्लेख गरेको छ।

र्‍यालीका लागि निर्धारित स्थलतर्फ जाँदै गर्दा सोबोललाई ट्याक्सीबाटै प्रहरी अधिकारीहरुले नियन्त्रणमा लिई कालो भ्यानमा राखेर तीव्र गतिमा लगेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। रुसमा आसन्न स्थानीय निर्वाचनमा सरकारले कैयौं विपक्षीलाई प्रतिस्पर्धा गर्न अयोग्य ठहराइदिएपछि विपक्षीहरु राजधानी सहरमा विरोध प्रदर्शन आयोजना गर्न भेला हुँदै गर्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

प्रदर्शनमा सहभागी तीन सय ५० मध्ये केबल ३० जनालाई मात्रै पक्राउ गरिएको रुसी अधिकारीले  दाबी गरेको बिबिसीले उल्लेख गरेको छ।

प्रदर्शनमा सहभागी तीन सय ५० मध्ये केबल ३० जनालाई मात्रै पक्राउ गरिएको रुसी अधिकारीले  दाबी गरेको बिबिसीले उल्लेख गरेको छ। तर अनुगमनसम्बन्धी कार्य गर्ने एक समूह ‘ओभिडी–इन्फो’ले भने तीन सय ५० भन्दा बढी पक्राउ परेको बताएको छ। पक्राउबारे रिपोर्टिङ गर्नका लागि हटलाइन सञ्चालन गर्ने सो समूहले कम्तीमा तीन सय ८१ जना पक्राउ परेको बताएको छ। उसका अनुसार पक्राउ पर्नेमा केही पत्रकार पनि रहेको र प्रहरीको बल प्रयोगका कारण कम्तीमा ६ जना घाइते भएका छन्।

प्रदर्शनकारी भेला हुने क्रम सुरु भएलगत्तै दंगा प्रहरी परिचालन गरिएको थियो। उनीहरुले प्रदर्शन नगर्न प्रदर्शनकारीलाई चेतावनी दिएका थिए। अवैध प्रदर्शनमा सहभागीलाई पक्राउ गर्ने क्रममा कम्तीमा एक जना प्रहरी अधिकारी घाइते भएको रुसी समाचार एजेन्सी टिएएसएस (तास)लाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

कानुन व्यवसायी एवं भिडियो ब्लगर विपक्षी नेत्री सोबोल पनि सरकारले आसन्न स्थानीय निर्वाचनमा सहभागी हुन रोकेकामध्येकी एक प्रतिस्पर्धी हुन्। निर्वाचनमा उम्मेदवार हुन पाउनुपर्ने माग गर्दै उनी २१ दिनदेखि भोक हड्तालमा समेत रहेकी छन्। उनले शनिबारको प्रदर्शनमा सहभागी हुन अन्यलाई पनि आग्रह गरेकी थिइन्। सडक प्रदर्शन गरेर नियम कानुन मिचेको आरोपमा उनी पक्राउ परेको अधिकारीहरुले बताएका छन्। गत जुलाईमा निर्वाचन आयोगको कार्यालयमा रहेको सोफामा बसिरहेकै बेला उनलाई गल्हत्याएर निकालिएको थियो।

शनिबार पक्राउ पर्नुपूर्व एक स्वतन्त्र प्रसारक संस्था डोज्दसँग बोल्दै विपक्षी नेत्री सोबोलले भनिन्, ‘विपक्षीलाई रोक्नका लागि प्रशासनले जे पनि गरिरहेको छ।’ प्रशासनको पूर्व स्वीकृतिबिनै प्रदर्शन गरेका कारण सरकारले शनिबारको प्रदर्शनलाई अवैधानिक प्रदर्शन भनेको छ।

प्रकाशित: १९ श्रावण २०७६ ०३:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App