१५ चैत्र २०८० बिहीबार
अन्तर्राष्ट्रिय

मस्कोमा ५ सयभन्दा बढी पक्राउ

मस्को- स्वच्छ तथा स्वतन्त्र निर्वाचनको माग गर्दै प्रदर्शन गर्न शनिबार विहान भेला भएका ५६१ जनालाई रूसी प्रहरीले सुरक्षा नियन्त्रणमा लिएको आन्दोलन अनुगमनकारी संगठन ओभिडी इन्फोले जनाएको छ।

ओभिडी इन्फो नामक संस्थाले बताए अनुसार शनिबारको प्रदर्शनमा प्रहरीको व्यापक धरपकडका वाबजुद पनि कम्तीमा तीन हजार ५०० जनाले प्रदर्शनमा सहभागिता जनाएका थिए।

प्रदर्शनपछि मस्को नगर परिषद्को कार्यालय नजिकै कोणसभा गर्ने कार्यक्रममा भेला हुने क्रममा अधिकांश नेता तथा कार्यकर्ताहरूलाई प्रहरीले गिरफ्तार गरेको हो। एएफपी

प्रकाशित: ११ श्रावण २०७६ १५:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App