७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

भारतले चन्द्रयान सोमबार प्रक्षेपण गर्ने

नयाँदिल्ली– भारतले आगामी सोमबार चन्द्रयान प्रक्षेपण गर्नेगरी नयाँ मिति घोषणा गरेको छ।

गत साता प्रक्षेपणको पूर्वसन्ध्यामा इन्धन चुहिएका कारण अन्तिम समयमा चन्द्रयानको प्रक्षेपण स्थगित गरिएको थियो। भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो) ले आगामी सोमबार अपराह्न २ बजेर ४३ मिनेटमा चन्द्रयान–२ को प्रक्षेपण गरिने घोषणा गरेको छ। भारतले चन्द्रमामा भूउपग्रह अवतरण गराउने महत्वाकांक्षी अभियान सफल बनाउन केही वर्षदेखि प्रयास गरिरहेको छ।

रुस, संयुक्तराज्य अमेरिका र चीनले यस्तो सफलता प्राप्त गरिसकेका छन्। भारतले यस परियोजनामा करिब १४ करोड अमेरिकी डलर खर्चिएको छ। अन्तरिक्ष विज्ञानका क्षेत्रमा यो हालसम्मकै सबैभन्दा सस्तो अभियान मानिएको छ। संयुक्त राज्य अमेरिकाले यस्तै अभियानका लागि करिब २५ अर्ब डलर अर्थात् आजको मूल्यमा १०० अर्बभन्दा बढी खर्च गरेको थियो।

अमेरिकाले सन् १९६० र ७० को दशकमा चन्द्रमाका लागि १५ वटा अपोलो अभियान सञ्चालन गरिएको थियो। आन्ध्र प्रदेशको श्रीहरिकोटाबाट उक्त यान प्रक्षेपणको तयारी गरिएको इसरोले जनाएको छ।रासस

प्रकाशित: २ श्रावण २०७६ ०७:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App