१५ चैत्र २०८० बिहीबार
अन्तर्राष्ट्रिय

युरोपेली आयोगको अध्यक्षमा उर्सुला

उर्सुला भन डर लियन।

स्ट्रासबर्ग – जर्मनीका रक्षामन्त्री उर्सुला भन डर लियन युरोपेली आयोगको अध्यक्षमा निर्वाचित भएकी छन्। आयोगको अध्यक्षका लागि मंगलबार भएको मतदानमा उनी झिनो बहुमतका आधारमा निर्वाचित भएकी हुन्। जितसँगै ६० वर्षीया उर्सुला ब्रसेल्समा मुख्यालय रहेको युरोपेली आयोगको सर्वोच्च पदमा पुग्ने पहिलो महिला बनेकी छन्। युरोपेली संघमा आबद्ध २८ मुलुकका सरकार प्रमुखहरुले उनलाई समर्थन जनाएका थिए।

कूल सात सय ५१ सदस्यीय युरोपेली संसद्मा उर्सुलाले दुई सय ८३ मत प्राप्त गरेको फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ। उर्सुलाले आगामी नोभेम्बर १ देखि कार्यभार सम्हाल्ने छिन्। उनको कार्यकाल पाँच वर्षको हुनेछ।

ब्रेक्जिटको मुद्दा चर्को रूपमा उठिरहेका बेला युरोपेली संघका सामुन्ने इटालीको ऋण तथा संघमा आबद्ध हंगेरी र पोल्यान्डबाट सिर्जित युरोपेली मूल्यमान्यता तथा कानुनमाथिको चुनौतीलाई सम्बोधन गर्नुपर्ने जिम्मेवारी पनि रहेको छ।

हाल युरोपेली आयोगको अध्यक्ष जाँ–क्लाउड जन्कर रहेका छन्। बहुभाषी एवं सात बालबच्चाकी आमा उर्सुलाले मतदानपछि सांसदलाई सम्बोधन गर्दै भनिन्, ‘बेलायतको बहिर्गमनपछि युरोपेली संघका अघिल्तिर ठूला चुनौतीहरु रहेको छ र मेरो काँधमा पनि महŒवपूर्ण जिम्मेवारी आइपुगेको छ। तर पनि मलाई निर्वाचित गराउनु भएकामा सबैलाई धन्यवाद दिन चाहन्छु। ‘हामी सबै मिलेर रचनात्मक कार्य गर्नु पर्छ किनभने मेरो सम्पूर्ण प्रयत्न एकीकृत र बलियो युरोप बनाउनेतर्फ नै केन्द्रित हुनेछ,’ उनले भनिन्।
उर्सुलालाई विजयी गराउन जर्मनीले समर्थन गरेको थियो। यदि उनी पराजित भएको भए ब्रसेल्सको सर्वोच्च पदका लागि विभिन्न समूहबीच तीव्र र अस्वस्थ प्रतिस्पर्धा हुने अनुमान गरिएको थियो।

ब्रेक्जिटको मुद्दा चर्को रूपमा उठिरहेका बेला युरोपेली संघका सामुन्ने इटालीको ऋण तथा संघमा आबद्ध हंगेरी र पोल्यान्डबाट सिर्जित युरोपेली मूल्यमान्यता तथा कानुनमाथिको चुनौतीलाई सम्बोधन गर्नुपर्ने जिम्मेवारी पनि रहेको छ।

झिनो बहुमतका आधारमा निर्वाचित भएको प्रसंगमा नवनिर्वाचित उर्सुलाले भनिन्, ‘दुई साताअघि मलाई कसैले चिन्दैनथ्यो र मसँग बहुमत पनि थिएन। तर छोटो अवधिमै मैले बहुमत जुटाउन समर्थ भएँ र अब म सबैलाई साथमा लिएर कार्य गर्नेछु। जर्मन चान्सलर एन्जेला मर्केलले आफूसँग लामो समयदेखि कार्य गरेकी उर्सुला युरोपेली आयोगको अध्यक्ष पदमा विजयी भएकोमा खुसी लागेको बताएकी छन्। फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्राेंले पनि उर्सुलालाई ट्विटमार्फत बधाई दिँदै फ्रान्सले युरोपेली आयोगलाई हरदम सहयोग गर्ने वचनबद्धता व्यक्त गरेको समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ।

प्रकाशित: २ श्रावण २०७६ ०३:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App