७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

ट्रम्प र मेबीच छलफल

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र बेलायती प्रधानमन्त्री थेरेसा मेबीच छलफल भएको छ। टेलिफोनमार्फत् भएको छलफलमा उत्तर कोरिया बारे ट्रम्प र मेबीच कुराकानी भएको बताइएको छ।

दुई नेताबीचको छलफलमा वासिङ्टन र लन्डनको सहकार्य, राष्ट्रिय तथा क्षेत्रीय सुरक्षा, परमाणु हतियारलगायतका बारेमा पनि छलफल भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ। ट्रम्प र मेले इरानको विषयमा पनि कुराकानी गरेको बताइएपनि वक्तव्यमा विस्तृत जानकारी भने दिइएको छैन।

प्रकाशित: २३ असार २०७६ ०१:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App