१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

बंगलादेशी तयारी पोशाक उद्योगमा आगलागी

तस्बिरः एजेन्सी

ढाका– बंगलादेशको एक तयारी पोशाक उद्योगमा बुधबार भएको भीषण आगलागीका कारण छ जनाको ज्यान गएको प्रहरीले जनाएको छ।

राजधानी ढाकाबाट नजिकैको श्रीपुरमा रहेको विशाल कारखानामा लागेको आगो नियन्त्रणमा ल्याउन १२ घण्टाभन्दा बढी समय लागेको थियो। बंगलादेशमा असावधानीका कारण तयारी पोशाक कारखानाहरुमा बारम्बार आगलागीका घटना हुने गरेका छन्।

मंगलबार राति शुरु भएको आगो नियन्त्रणमा ल्याउन पानीको अभाव भएको स्थानीय अग्निनियन्त्रक प्रमुख अख्तर उज जमानले बताए। अख्तरले घटनास्थलबाट छ जनाको शव निकालिएको जानकारी दिए।

आगलागीबाट उद्योग परिसरमा रहेका आधाभन्दा बढी भवनहरुमा क्षति पुगेको छ। क्षतिग्रस्त भवनमा अरु पीडितको खोजी कार्य जारी रहेको अधिकारीहरुले बताएका छन्। चीनपछि विश्वमै तयारी पोशाक उत्पादन गर्ने दोस्रो ठूलो मुलुक बंगलादेश हो।

तर उद्योगमा नियमितझैं आगलागी र अरु दुर्घटना हुने गरेको भन्दै आलोचना हुने गरेको छ। सन् २०१३ मा राना प्लाजा घटनामा एघार सयभन्दा बढीको ज्यान गएको थियो। ढाकामै गत मार्चमा एक कार्यालय भवनमा आगलागी हुँदा २६ जनाको ज्यान गएको थियो। रासस

प्रकाशित: १८ असार २०७६ १२:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App