काठमाडौं - प्रेम कहाँ, कहिले र कोसँग हुन्छ कसैले भन्न सक्दैन। तर भारतको मध्य प्रदेशको एक गाउँका युवा युवतीले भने प्रेम गर्दा जाति हेरेर मात्रै गर्न पाउने भएका छन्।
श्योपुर सहरिया समाजका युवतीले जात हेरेर मात्रै प्रेम गर्ने अनुमति पाउने भएका छन्। यदि भुलेर कुनै अर्को जातीसँग(जात नमिल्ने)सँग प्रेम गरेमा पारिवारका सदस्यलाई समाजबाट बहिष्कार गर्ने र डेढ लाखसम्म जरिवाना गरिने भारतीय सञ्चार माध्यमले जनाएका छन्।
अझैं जात नमिल्नेसँ विवाह गरे भारी मात्रामा जरिवाना गराइने छ। जरिवाना गरिएको रकम पनि दुइृ महिना भित्रै बुझाइसक्नु पर्नेछ। ८४ गाउँको महापञ्चायतले यस्तो निर्णय गरेको हो। आइतबार साँझ भएको उक्त निर्णयले समाज सुधार हुने विश्वास लिइएको छ। यो समुदायमा सामान्य परिवारका मान्छेहरु बस्छन्। प्राय मान्छेहरु मजदुरी गरेर गुजारा चलाउँछन्।
प्रकाशित: १६ असार २०७६ ०७:२९ सोमबार