coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चिनियाँ राष्ट्रपति र अमेरिकी राष्ट्रपतिबीच जापानमा भेटवार्ता

टाेकियाे– चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच जापानमा शनिबार भेटवार्ता भएको छ।

दुई पक्षीय सम्वन्ध र सहकार्यलाई नयाँ उचाइमा पु-याउन यो भेटवार्ता फलदायी हुने दुवै पक्षको विश्वास थियो। पूर्वनिर्धारित समयतालिका अनुसार नै भएको सो भेटवार्ता जापानमा भइरहेको जि २० शिखर सम्मेलनको बेलामा भएको हो।

'सहकार्य र एक आपसको मिलनले चीन र अमेरिका दुवैलाई फाईदा भएको छ, यसलाई अझ राम्रो बनाउदै लैजाने बारेमा छलफल भएको छ,' बैठकपछि चिनियाँ राष्ट्रपति सीले भने। उनले दुई देशको सम्वन्ध बलियो बनाउने बाहेक अन्य विषयमा खासै छलफल नभएको पनि जानकारी दिए।

बीस वटा औद्योगिक राष्ट्रको समूह (जि–२०)को शिखर सम्मेलन शुक्रबार जापानको ओसाका शहरमा शुरु भएको छ। सो सम्मेलनको शुक्रबार बिहान ओसाका शहरमा जापानी प्रधानमन्त्री सिन्जो आबेले औपचारिक रुपमा उद्घाटन गरेका थिए। सो सम्मेलनमा सहभागी हुन चिनियाँ राष्ट्रपति सी चिनफिङ बिहीबार जापानको ओसाका शहर पुगेका थिए। सो सम्मेलनमा सहभागिताका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि यहाँ पुगेका छन्।

समसामयिक विश्वका विषयहरु जस्तै जलवायु परिवर्तन, बुढ्यौली जनसंख्याको व्यवस्थापनलगायतका विषयमा पनि यस सम्मेलनमा छलफल कार्यसूचीमा रहेका अनुमान गरिएको छ। विश्वका शक्ति सम्पन्न र औद्योगिक राष्ट्रहरु नै यस समूहका सदस्य रहेकोले जि–२० को यस सम्मेलनमा व्यापारका अतिरिक्त उत्तर कोरियाको विषयले पनि स्थान पाउने अनुमान गरिएको छ। त्यस्तै इरान र भेनेजुएलाका विषयमा पनि यस सम्मेलनको प्रमुख कार्यसूचीमा रहेका बताइएको छ।

सम्मेलनको पूर्वसन्ध्यामा राष्ट्रपति ट्रम्पले चीनमाथि थप करवृद्धि गर्ने प्रतिक्रिया दिएका थिए। अमेरिका र चीन विश्वका दुई ठूला अर्थतन्त्र हुन्। यी दुई देशबीच जारी व्यापार युद्धले विश्वका अरु देशहरुलाई पनि असर पारिरहेको बताइन्छ। त्यसैले जि–२० को यसपटकको शिखर बैठकको मुख्य कार्यसूची पनि यही नै रहने अनुमान गरिएको छ।

जि–२० को शिखर सम्मेलनमा सहभागी नेताहरुले आ–आफ्ना देशबाट पनि यी विषयमा चासोहरु व्यक्त गरिरहेका छन्। यस समूहमा अर्जेन्टिना, अष्ट्रेलिया, ब्राजिल, क्यानाडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, इटाली, जापान, मेक्सिको, रुस, साउदी अरेबिया, दक्षिण अफ्रिका, दक्षिण कोरिया, टर्की, बेलायत र संयुक्त राज्य अमेरिका रहेका छन्।

प्रकाशित: १४ असार २०७६ ०७:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App