७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

उत्तरपश्चिम नाइजेरियामा २२ किसानको हत्या

अबुजा –  नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा आतङ्ककारी समूह बोको हरामले गरेको आक्रमणमा परी २२ जना किसानको मृत्यु भएको प्रहरीले जनाएको छ । दमासाक शहरबाट ५० किलोमिटर टाढा रहेको नाम्गाम गाउँमा सोमबार किसानहरुको एक समूहलाई बोको हराम लडाकूले आक्रमण गरेको र सो आक्रमणमा परी २२ जनाको मृत्यु भएको सैनिक अधिकारीहरुले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् ।

गोली लागेर घाइते भएका दर्जनौं महिला र बालबालिका दमासाक शहरनजिक शरणको खोजीमा आइपुगेका छन् । मङ्गलबार नाम्गामाबाट १८ जनाको शव बरामद भएको सरकार समर्थित स्थानीय नागरिक समूहका प्रमुख उसमान बालाले बताउनु भएको छ ।

स्थानीय बासिन्दाको सहयोगमा नै उद्धारकार्य जारी रहेको बताइएको छ । नाइजेरियाको उत्तरपूर्वी इलाकामा एक दशक यता बोको हराम आतङ्ककारी समूहले हिांसात्मक गतिबिधि गर्दै आएका छन् । यस द्वन्द्वमा परी हजारौं व्यक्तिको ज्यान गइसकेको छ ।

प्रकाशित: १२ असार २०७६ ०७:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App