८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

'लोकप्रियतावादी शक्तिको उदय हुनु न्यायपालिकाका लागि चुनौती'

नयाँ दिल्ली– भारतीय सुप्रीम कोर्टका मुख्य न्यायाधीश रंजीत गोगोईले लोकप्रियतावादी (पपुलिज्म) शक्तिको उदय हुनु न्यायपालिकाको स्वतन्त्रताको लागि चुनौती रहेको बताएका छन्।

सांघाइ सहयोग संगठन (एस.सी.ओ) का न्यायाधीशहरुलाई सम्बाेधन गर्ने क्रममा गोगोईले भने ‘लोकप्रियतावादीहरु न्यायालय र न्यायाधीशहरुमाथि आफ्ना उद्देश्यहरु यसरी लाद्न थालेका छन् कि हामीहरुलाई उनीहरुले निर्वाचित गरेका हुन्। हामीहरु यस्तो व्यवहारको विरूद्धमा जानु पर्छ र संवैधानिक मुल्य मान्यताको रक्षा गर्नुपर्छ।’

वर्तमान अवस्थामा बहुमत सरकारको निर्णयहरु उल्टीरहेको बताउदै उनले  यस्तो परिस्थितीको सामना दुनियाँभरका न्यायालयले गरेको र कयौ न्यायालय लोकप्रियतावादीको घेरामा परेको बताउदै,न्यायपालीकाको स्वतन्त्रता र यसको विश्वसनीयता जोगाउनकालागि न्यायपालीका सधै तयार रहनु पर्ने उनको धारणा छ।

निर्वाचित संस्थाले गरेको निर्णय कसरी गैर निर्वाचित संस्थाले उल्टाउन सक्छ भनेर भाजपाको अगुवाईमा एनडीए सरकारले न्यायलयमाथि प्रश्न गरिरहेको र जर्जहरुको नियुक्तिमा कार्यपालीकाको भूमिका हुनेपर्ने बहस चलिरहेको बेला न्यायधीश गोगोईको यो धारणा आएको हो।

गोगोईले भने ‘जर्जहरुको गैर राजनीतिक नियुक्तिबाट नै न्यायलयको स्वतन्त्रता सुनिश्चित गर्न सकिन्छ।’  

 

प्रकाशित: ५ असार २०७६ १२:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App