७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

बोरिस जोनसनलाई बहुमत

लन्डन – बेलायतको सत्ताधारी दलको संसद्मा नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा बोरिस जोनसनलाई बहुमत प्राप्त भएको छ ।

प्रधानमन्त्री थेरेसा मेले युरोपेली संघबाट बेलायतको बहिगर्मन (ब्रेक्जिट) सम्झौताका लागि युरोपेली संघ (इयू) सँग गरेको सम्झौता देशको संसद्मा अनुमोदन नभएपछि प्रधानमन्त्रीबाट बिदा लिने इच्छाअनुसार नयाँ नेतृत्वको लागि बिहीबार भएको मतदानमा जोनसनलाई अन्य नेतालाईभन्दा बढी मत परेको फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ ।

संसद्मा नेतृत्वका लागि १० जनाले दाबी गरे पनि तीन जना पहिलो चरणको मतदानबाट बाहिरिएका छन् भने अब बाँकी सात जनाबीच प्रतिस्पर्धा हुनेछ ।

कन्जर्भेटिभ पार्टीको बेलायतको तल्लो सदन ‘हाउस अफ कमन्स’मा प्रतिनिधित्व गर्ने तीन सय १४ सांसदमध्ये एक सय १४ जनाले ब्रेक्जिटको पक्षधर पूर्व विदेशमन्त्री जोनसनलाई मतदान गरेसँगै आगामी नेतृत्वमा जोनसनको सम्भावना बढेको छ ।
पार्टीको संसदीय दलको नेतृत्वका लागि निर्वाचित नेता नै वर्तमान प्रधानमन्त्री मेको उत्तरदायीका रूपमा चुनिनेछ ।

 

प्रकाशित: ३१ जेष्ठ २०७६ ०१:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App