१५ चैत्र २०८० बिहीबार
अन्तर्राष्ट्रिय

प्लास्टिक प्रयोगमा बन्देज लगाउँदै क्यानडा

टर्की–सिरिया सीमा नजिकै रहेको समानडाग तटमुनि रहेको प्लास्टिक बोत्तल।तस्बिर : एजेन्सी

ओट्टवा – सन् २०२१ भित्रै क्यानडाले प्लास्टिकको प्रयोगमा प्रतिबन्ध लगाउने प्रधानमन्त्री जस्टिन ट्रुडोले घोषणा गरेका छन्। समुद्रमा थुप्रिने फोहोरलाई कम गर्नका लागि क्यानडाले ‘हानिकारक’ एकल–प्रयोग भएका प्लास्टिकलाई प्रतिबन्ध गर्ने ट्रुडोले सोमबार घोषणा गरेका हुन्।

क्यानडाको यो प्रयास युरोपेली युनियन र अन्य राष्ट्रले गत वर्ष पास गरेको कानुनबाटै प्रेरित रहेको छ। क्यानडाले प्लास्टिको उत्पादन वा वेचबिखन गर्ने कम्पनीले उत्पादन गर्ने प्लास्टिकजन्य फोहोरका लागि जिम्मेवार बनाउनका लागि समेत निगरानी गर्ने पनि बताइएको छ।

क्यानडामा प्रत्येक वर्ष करिब ३० लाख टन प्लास्टिकजन्य फोहोर फ्याँकिने गरेका छन्।

क्यानडामा हाल प्रयोग हुने प्लास्टिकमध्ये केवल १० प्रतिशतमात्रै पुनः उपयोग हुने गरेको छ।प्रधानमन्त्री ट्रुडोले प्लास्टिकको प्रदूषणको मुद्दा ‘विश्वव्यापी चुनौती’ भएको जिकिरसमेत गरेका छन्। गत मे महिनामा संयुक्त राष्ट्रसंघले समुद्रमा गएर विसर्जन हुने खालको प्लास्टिको उत्पादनमा कमी गर्नेबारे एक सय ८० राष्ट्रले सम्झौता गरेको बताएको थियो।समुद्रमा प्लास्टिक पुग्नाले सामुद्रिक माछा, कछुवा, ह्वेल र अन्य जीवलाई हानी पुगिरहेकोप्रति विश्वभरबाट चिन्ता व्यक्त भइरहेका छन्।

प्रधानमन्त्रीले भने जस्तो कुन एकल प्रयोग प्लास्टिकलाई प्रतिबन्ध गर्ने भन्नेबारे भने क्यानेडेली सरकारले अहिलेसम्म कुनै निर्णय गरेको छैन।यद्यपि त्यस्ता उत्पादनमा प्लास्टिकका झोला, पेय पदार्थमा प्रयोग हुने प्लास्टिकका पाइप (स्ट्र), प्लेटलगायत रहने अनुमान गरिएको छ। क्यानडामा प्रत्येक वर्ष करिब ३० लाख टन प्लास्टिकजन्य फोहोर फ्याँकिने गरेका छन्।

‘जब हामीले हाम्रा बालबच्चालाई सामुद्रिक तटमा लान्छौं तब प्लास्टिकजन्य स्ट्र वा बोत्तल नभएको सामुद्रिक किनारा खोज्नु पर्ने अभिभावकका रूपमा हामी उभिएका छौं,’ दुई वर्षभित्र प्लास्टिकजन्य पदार्थको उत्पादनमा प्रतिबन्ध लगाउने घोषणा गर्दै प्रधानमन्त्री ट्रुडोले भने, ‘यही नै हामीले समाधान गर्नु पर्ने समस्या हो ।’

समुद्रमा प्रदूषण रोक्ने प्रयासस्वरुप युरोपेली संघले सन् २०१८ को अक्टोबर महिनामा एकल–प्रयोग हुने प्लास्टिकलाई युनियनभर पूर्णप्रतिबन्ध गर्नेबारे मतदान गरेको थियो।युरोपेली संघले यो निर्णय सन् २०२१ सम्ममा सदस्य राष्ट्रभर लागू भइसक्ने अपेक्षा गरेको छ। युरोपेली संघले प्लास्टिक प्लेछ, कटन बड, स्ट्र, बेलुनलगायतका पदार्थको उत्पादनमा प्रतिबन्ध लगाउने घोषणा गरिसकेको छ।उसले प्लास्टिक कपजस्ता खाद्य र पेयपदार्थ राख्ने प्लास्टिकको प्रयोगलाई पनि कम गर्दै लाने बताएको छ।

प्रकाशित: २८ जेष्ठ २०७६ ०२:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App