६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

ताइवान र दक्षिण चीन सागरमा नमुछिन अमेरिकालाई चीनको चेतावनी

सिंगापुरमा आयोजित सांग्री–ला डाइलगमा सम्बोधन गर्दै चिनियाँ रक्षामन्त्री वेई फेङ्गी। तस्बिरः एजेन्सी

सिंगापुर – ताइवान र दक्षिण चीन सागरमा नमुछिन अमेरिकालाई चीनले चेतावनी दिएको छ।सुरक्षा मुद्दासम्बन्धी सिंगापुरमा सञ्चालित सांग्री–ला डाइलगमा आइतबार बोल्दै चिनियाँ रक्षामन्त्री वेइ फेङ्गेले ताइवान र दक्षिण चीन सागरबारेको सुरक्षा विवादमा नआउन अमेरिकालाई चेतावनी दिएको समाचार एजेन्सी रोयटर्सले जनाएको  छ।

अमेरिकासँग युद्ध भए त्यसले संसारमा भयानक अवस्था सृजना गर्ने भन्दै ताइवान र दक्षिण चीन सागरको मुद्दामा प्रवेश नगर्न चिनियाँ रक्षामन्त्री वेइले वासिङ्टनलाई चेतावनी दिएका हुन्।चिनियाँ जनमुक्ति सेनाको जर्णेल पदको पोशाकमा देखिएका रक्षामन्त्री वेईले ताइवानसँगको सम्बन्धलाई लिएर जो कोही पनि हस्तक्षेप गर्न आउँछ भने चीनले ‘अन्त्यसम्म लड्ने’ बताए। चीनले ताइवानलाई आफ्नै भूभागका रूपमा लिने गरेको छ।

‘यदि कसैले ताइवानलाई चीनबाट विभाजित गर्ने दुस्साहस गर्छ भने जुनसुकै मूल्य चुकाएर भएपनि लड्नुको विकल्प चीनसँग हुँदैन,’ विदेशमन्त्री वेईले भने, ‘जसरी अमेरिका अभिभाज्य छ, त्यसरी नै चीन पछि अभिभाज्य छ र रहिरहने छ।’ ‘हाम्रो लागि ताइवान एउटा पवित्र क्षेत्र हो। एसियामा हाम्रो अप्रेशनको उद्देश्य आफ्नो सुरक्षा गर्नु हो। हामीले कसैमाथि आक्रमण गर्दैनौं र गर्न आए छोड्दैनौं,’ उनले भने। यद्यपि उनले ‘युद्धले दुवै पक्ष र समग्र विश्वलाई हानी हुने’बारे अमेरिका र चीन दुवै सचेत रहेको पनि बताए। सांग्री–ला डाइलगमा भाग लिन वेइ सन् २०११ पछिकै पहिलो चिनियाँ रक्षामन्त्री हुन्।

सुरक्षा मुद्दासम्बन्धी सिंगापुरमा सञ्चालित सांग्री–ला डाइलगमा आइतबार बोल्दै चिनियाँ रक्षामन्त्री वेइ फेङ्गेले ताइवान र दक्षिण चीन सागरबारेको सुरक्षा विवादमा नआउन अमेरिकालाई चेतावनी दिएको हाे।

शनिबार अमेरिकाका कार्यवाहक रक्षामन्त्री प्याट्रिक शैनहनले सांग्री–ला डाइलगमै एसियामा बढ्दै गइरहेको चीनको प्रभावलाई लामो समयसम्म टुलुटुलु हेरेर बस्न नसक्ने बताएका थिए।सांग्री–ला डाइलगमै शनिबार कार्यवाहक अमेरिकी रक्षामन्त्री प्याट्रिक सैनहनले एसियामा बढ्दै गइरहेको चिनियाँ प्रभावलाई लामो समयसम्म टुलुटुलु हेरेर बस्न नसक्ने बताएका थिए।

‘अन्तर्राष्ट्रिय मूल्य र मान्यतामा आधारित व्यवस्थालाई नजरअन्दाज गर्न खोज्ने राष्ट्रको स्वार्थका कारण एसियामा सम्भवतः ठूलो चुनौती खडा भएको छ,’ कार्यवहाक रक्षामन्त्री सानाहानले बताएका थिए। विश्वका दुई ठूला अर्थतन्त्र अमेरिका र चीनबीच जारी व्यापार तनावकै बेला दुई नेताबाट आएको अभिव्यक्तिले अवस्था थप समस्यामा जान सक्ने अनुमान गरिएको छ। अमेरिका र चीनबीच व्यापार विवाद, ताइवानको विषय, दक्षिण चीन सागरलगायतका विषयमा तनाव जारी रहेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले स्वशासित र लोकतान्त्रिक व्यवस्था रहेको ताइवानका लागि सहयोग बढाउने बताउँदै ताइवान स्ट्रेटमा आफ्नो जहाज पठाएपछि वासिङ्टनसँग चीन चिडिएको छ। यसका साथै अमेरिकाले ताइवान र दक्षिण चीन सागरमा हस्तक्षेपकारी अभियान चलाएको भन्दै बेइजिङले आपत्ति पनि जनाउँदै आएको छ। कैयौं देशमा जस्तै अमेरिका र ताइवानबीच औपचारिक सम्बन्ध छैन। यद्यपि अमेरिकाले ताइवनलाई गहिरो रूपमा समर्थन गर्दै आएको छ।

प्रकाशित: २० जेष्ठ २०७६ ०४:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App