१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

उडान प्रभावित भएपछि मेक्सिकोकी एक मन्त्रीले दिइन् पदबाट राजीनामा

काठमाडौं - आफ्ना कारण अन्य व्यवसायीक उडान प्रभावित भएपछि एक जना मन्त्रीले पदबाट राजीनामा दिएकी छन्। मेक्सिकोकी वातावरण मन्त्री जोसेफा गोन्जालेज ब्लाङ्को सवार विमानका कारण अन्य विमान आधा घण्टा बढी ढिलो भएपछि पदबाट राजीनामा दिएको द न्यूयाेर्क टाइम्सले जनाएको छ।

उनी एक हप्ताभित्रै राजीनामा दिने दोस्रो मन्त्री हुन्।  शनिबार उनी सवार विमानका कारण अरु विमानको उडान प्रभावित भएपछि ब्यापक आलोचना भएको थियो। 'सरकारकी कामको शिलशिलामा जाने क्रममा मेरो कारण अन्य व्यवसायीक जहाजको उडान प्रभावित भएकाले पदबाट राजीनामा दिएकी छु', माइक्रो ब्लगिङ साइट ट्विटरमा  भनेकी छन्।

२०१८ डिसेम्बरमा राष्ट्रपतिमा निर्वाचित भएपछि लोपेज ओब्राडोरले सरकारले विशेषाधिकार नलिने र कुनै पनि हालतमा भ्रष्टाचार हुन नदिने प्रतिवद्धता जनाएका थिए।

प्रकाशित: १२ जेष्ठ २०७६ ०७:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App