coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

स्मृति इरानीका चुनावी प्रचारकको गोली हानेर हत्या

दिल्ली– स्मृति इरानीका चुनावी प्रचारकको गोली हानेर हत्या गरिएको छ। भारतको अमेठी स्थित बरौलिया गाउँका चुनावी प्रचारक पूर्व प्रधान सुरेन्द्र सिंहको गोली हानेर हत्या गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

प्रहरीका अनुसार शनिबार राति आफ्नै घरमा उनमाथि गोली प्रहार भएको थियो। गोली प्रहारबाट गम्भीर घाइते भएका सिंहलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

यो घटनापछि अहिले सो क्षेत्र तनावग्रस्त बनेको छ। घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन भएका छन् । लोकसभा चुनावमा सुरेन्द्रले स्मृति ईरानीको प्रचारमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । थुप्रै गाउँमा सिंहको प्रभाव बलियो थियो ।

प्रकाशित: १२ जेष्ठ २०७६ ०२:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App