७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

भेनेजुएला : विपक्षी नेता गुएडोका शीर्ष सहयोगी पक्राउ

काठमाडौं - भेनेजुएलामा राष्ट्रपति निकोलश मादुरो विरुद्ध प्रदर्शन गर्दै आएका विपक्षी स्वघोषित अन्तरिम राष्ट्रपति क्आन गुएडो क्आन गुएडोका सहयोगी नेता पक्राउ परेका छन्। गुएडोका सहयोगी तथा नेशनल एसेम्ब्लीका उपाध्यक्ष एड्गर जाम्ब्रानोलाई काराकासबाट भेनेजुएलाको गुप्तचर निकायले पक्राउ गरेको हो। गुप्तचर निकायका अधिकारीले एड्गर र उनको कारलाई नियन्त्रणमा लिएका हुन्।

गएको जनवरी २३ मा काराकासमा भएको प्रदर्शना गुएडोले आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका थिए। उनलाई अमेरिका, युरोपका देश तथा ल्याटिन अमेरिकाका अधिकांश देशको साथ छ। मादुरोलाई चीन र रुस तथा देशको सेनाको साथ छ।

मुद्रास्फिती, विद्युत आपूर्ति बन्द तथा आधारभूत आवश्यक सामग्रीको अभावले भेनेजुएलाको जनजीवन कष्टकर बनेको छ। आर्थिक मन्दीकै कारण लाखौँ भेनेजुएलाली छिमेकी देश  कोलम्बियासहितका क्षेत्रमा शरण लिइरहेका छन्। पछिल्लो समयमा देशको आर्थिक अवस्था उकास्नको लागि खासै ध्यान नदिएको आरोप निकोलस मादुरोमाथि छ।

मादुरोले जनवरीको सुरुमा दोस्रो कार्यकालका लागि राष्ट्रपतिको शपथ लिएका थिए। विपक्षीले बहिष्कार गरेको तथा व्यापक मात्रामा धाँधली भएको आरोप लागेको चुनावमा मादुरो विजयी भएका थिए। विपक्षी नेतालाई जेल हालेर भएको चुनाव निष्पक्ष नरहेको आरोप छ। मादुरोले दोस्रो कार्यकालका लागि शपथ लिएपछि विपक्षीको प्रदर्शन चर्किएको हो। भेनेजुएलामा हजारौँ मानिसले अहिलेका राष्ट्रपति निकोलश मादुरोविरुद्ध प्रदर्शन गर्दै आएका छन्। ३५ वर्षका गुएडोले मादुरोविरुद्धको प्रदर्शनको नेतृत्व गरिरहेका छन्।

प्रकाशित: २६ वैशाख २०७६ ०६:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App