coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

१६ महिनापछि रिहा भए रोयटर्सका दुई पत्रकार

रिहा भएका दुई पत्रकार। तस्बिर रोयटर्स

यागुन - १६ महिनादेखि बन्धक बनायएका रोयटर्सका दुई जना पत्रकार रिहा भएका छन्। म्यानमारमा रोहिंग्या अल्पसंख्यकमाथि भएको हिंसाका विषयमा  रिपोर्टिङ्ग गरेको भन्दै वा लोन र केयब सिओ ओलाई गत वर्षको डिसेम्बरमा पक्राउ परि जेल जेल हालिएको थियो।

सन् २०१७ को डिसेम्बरमा म्यानमारको एक अदालतले देशको गोपनियता सम्बन्धी कानुन उल्लंघन गरेको भन्दै उनीहरुलाई सात वर्षको जेल सजाय सुनाएको थियो। ३३ वर्षका वा र २९ वर्षका ओ राष्ट्रपतिको निर्णय अनुसार जेलबाट रिहा भएको रोयटर्सले जनाएको छ,

दुवै पत्रकारले आफूहरु निर्दोष रहेको र प्रहरीले फसाएको बताउँदै आएका थिए। म्यानमारको नयाँ वर्षका अवसरमा राष्ट्रपति कैदीहरु रिहा गर्ने चलन अनुसार उनीहरु रिहा भएका हुन्। उनीहरुले गरेको रिपोर्टिङ्गका लागि गएको महिना सम्मानित पुलिट्जर पुरस्कार जितेका थिए।

प्रकाशित: २४ वैशाख २०७६ ०४:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App