१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

मस्को : ७८ जना सवार विमानमा आगलागी हुँदा ४१ को मृत्यु

काठमाडाैँ - रुसको राजधानी मस्कोमा एक विमानमा आगलागी भएको छ। शेरेमेत्यवो हवाई अड्डाबाट मरमास्क जाँदै गरेको एयरोफ्लोट कम्पनीको सुपरजेट -१०० विमानमा आगलागी हुँदा ४१ जनाको मृत्यु भएको रोयर्टसले जनाएको छ। 

उडेको केहीबेरमै प्राविधिक समस्या देखिएपछि विमानलाई फर्काएर आकस्मिक अवतरण गराइएको थियो। अवतरण गर्दागर्दै विमानको इन्जिनमा आगो लागेको प्रत्यक्षदशीलाई उदृत गर्दै विमानस्थल स्रोतले बताएको छ। विमानमा विमानमा ७३ यात्रु र चालक दलका ५ सदस्य गरी जम्मा ८३ जना सवार थिए।

रुसको सरकारी विमान कम्पनी एयरोफ्लोटले प्राविधिक गडबडीका कारण विमानलाई फोर्स ल्याण्डिङ गराइएको जनाएको छ । तर, प्राविधिक गडबडीको बारेमा भने विस्तृतमा बताइएको छैन । दुर्घटनाको कारणबारे जाँच सुरु गरिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुर्घटनामा मृत्यु भएकाका परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।

रुसको सरकारी कम्पनी एयरोफ्लोटले आफ्नो वेबसाइटमा दुर्घटनामा जीवित व्यक्तिहरुको नामावली प्रकाशित गरेको छ । कम्पनीले आपतकालीन टेलिफोन नम्बर पनि जारी गरेको छ । कम्पनीले घाइतेहरुका परिवारलाई निःशुल्क मस्को पुर्‍याइने जानकारी पनि दिएको छ । तीन जनाको अवस्था गम्भीर रहेको रुसको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अवतरण भइसकेपछि आपतकालीनद्वारबाट यात्रुहरुको उद्धार गरिएको थियो ।

प्रकाशित: २३ वैशाख २०७६ ०३:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App