१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

भारतमा टिकटक बन्द

नयाँ दिल्ली–भारतमा पछिल्लो समय युवाहरुबीच चर्चित बनेको टिकटक एपस्टोर र गुगल प्ले स्टोरबाट हटाइएको छ।

भारत सरकारको आग्रहमा यो एपलाई प्लेस्टोरबाट हटाइएको हो। यद्यपी, यो टिकटक माथिको प्रतिबन्ध भने होइन। पछिल्लो समय मद्रास उच्च अदालतले पोर्नोग्राफीलाई बढावा दिएको भन्दै यो एप माथि प्रतिबन्ध लगाउन आदेश दिएको थियो। उच्च अदालतको आदेश बदर गराउन टिकटकले भारतको सर्बोच्च अदालत सम्म पुगेको थियो। तर, सर्वोच्च अदालतले पनि उच्च अदालतकै निर्णयलाई सदर गरिदिएको थियो।

अदालतको आदेश बमोजिम भारत सरकारको आग्रहमा टिकटक हटाइएको हो।     

 

प्रकाशित: ४ वैशाख २०७६ ०६:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App