coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारत र पाकिस्तानलाई चीनले भन्योः वार्तामा बसेर समाधान खोज

बेइजिङ- भारत र पाकिस्तानबीचको पछिल्लो विवादले फेरि विश्वको ध्यानकर्षण गरेको चीनका परराष्ट्रमन्त्री वाङ यीले बताएका छन्।

चिनियाँ तेह्रौं राष्ट्रिय जन काँग्रेसको दोस्रो अधिवेशनका अवसरमा शुक्रबार मिडिया केन्द्रमा गरिएको पत्रकार सम्मेलनमा वाङले भने, “चीनले शुरूदेखि संयमता कायम राखेर घटना गम्भीर बन्दै जाने अवस्था नआओस भन्नका लागि आफ्नो स्थानबाट समस्याको समाधान गर्न सुझाब दिँदै आएको छ।” 

भारत तथा पाकिस्तानको विवादले विश्वको ध्यान केन्द्रित गरेको र यसलाई द्विपक्षीय वार्ताका माध्यमबाट समाधान गर्नु उचित हुने उनको भनाइ थियो। उनले थने, “हरेक मुलुकको सार्वभौमिकता र प्रादेशिक अखण्डता पूर्ण रूपमा सम्मान गरिनुपर्ने भनाई चीनले सधैँ जोड दिइआएको छ।” 

मन्त्री वाङले भने, “पाकिस्तान र भारत दुई निकट छिमेकी भएको र दुई देशका जनताले हजारौं वर्षको दक्षिण एशियाली उपमहाद्वीपीय सभ्यताको उपभोग गरेका छन्। दुई देशका सामु साझा रूपमा स्थिरता, विकास तथा समृद्धि हुने महत्वपूर्ण मौका देखापरेको छ। चीनले दुई पक्षलाई सह–अस्तित्वमा गएर आपसी सहयोग गर्ने आशा लिएको छ। सिन्ह्वा

प्रकाशित: २४ फाल्गुन २०७५ १५:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App