coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अभिनन्दनलाई पाकिस्तानले रिहा गरेपछि मोदीले भने, ‘भारतसँग दुश्मन डराए’

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतसँग डराएर पाकिस्तानले पाइलट अभिनन्दन वर्तमानलाई रिहा गरेको बताएका छन्। भारतीय युद्धक विमानका चालक रहेका अभिनन्दनलाई पाकिस्तानले नियन्त्रणमा लिएर शुक्रबार शान्तिको संकेतका रुपमा रिहा गरेको थियो। 

आइतबार नयाँ दिल्लीमा आयोजित इन्डिया टुडे कन्क्लेभमा प्रधानमन्त्री मोदीले पाकिस्तानलाई दुश्मनको संज्ञा दिँदै नयाँ भारत निडर, निर्भिक र निर्णायक भएको दाबी गरेकाे बीबीसी हिन्दीले जनाएकाे छ। उनले भने, ‘ देश अहिले सवा सय करोड भारतीयसँगै अघि बढिरहेको छ। भारतीयहरू एकजुट भएकाले देशभित्र र बाहिर अहिले देशविरोधी मानिसमा डर उत्पन्न भएको छ। जब दुश्मनमा भारतको पराक्रमको डर देखिन्छ भने त्यो राम्रो कुरा हो।’

उनले आफ्नो लागि सबै वीर सैनिक जवानको रगत अमूल्य रहेको पनि बताए। ‘पहिले जति नै मानिस मारिए पनि जति नै जवान शहीद भएपनि कुनै ठूलो कारबाही हुँदैनथ्यो। तर अहिले कसैले पनि भारतलाई आँखा लगाउन सक्दैन। हाम्रो सरकार जस्तो सुकै निर्णय लिनका लागि प्रतिबद्ध छ’, उनले भने। 

उनले रफाल सम्झौतामा भ्रष्टाचार भएको भन्दै प्रश्न उठाइरहेका कांग्रेस आईका अध्यक्ष राहुल गान्धिको पनि आलोचना गरे। रफाल नामक युद्धक विमानको विरोध गर्नेहरूलाई जबाफ दिँदै मोदीले भने, ‘आजकल रफालको कमीबारे पनि चर्चा भइरहेको छ। आज देशमा रफाल भएको भए परिणाम अर्कै हुनेथियो।’ पहिला स्वार्थनीति र अहिले राजनीतिका कारण देशलाई धेरै घाटा भएको उनको भनाई छ। 

प्रकाशित: १९ फाल्गुन २०७५ ०६:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App