coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

नाइजेरियाको राष्ट्रपतिमा मोहम्मदु बुहारी पुनः निर्वाचित

नाइजेरिया – अफ्रिकाको ठूलो लोकतान्त्रिक मुलुक नाइजेरियाको राष्ट्रपतिमा मोहम्मदु बुहारी दोस्रो कार्यकालका लागि पुनः निर्वाचित हुनु भएका छन्।

मुलुकमा व्याप्त भ्रष्टाचार, असुरक्षा र लडखडाएको अर्थव्यवस्थामा सुधार ल्याउन आफूलाई एक मौका दिन राष्ट्रपति बुहारीले आमजनता समक्ष आग्रह गरेका थिए।

नाइजेरियाका धेरै नागरिकले नयाँ व्यक्तिलाई राष्ट्रपति बनाउने चाहे पनि यसपटक निरास भएका छन्। पूर्वसैनिक तानाशाहसमेत रहेका राष्ट्रपति मोहम्मदु बुहारीले अरु राजनीतिक व्यक्तिले जनताको भावनाको सम्मान गर्न नसकेका कारण पनि विजय हासिल गरेको बताइन्छ।

औपचारिक नतिजा घोषणा भएलगत्तै उपस्थित जनसमुदायलाई सम्बोधन गर्दै राष्ट्रपति बुहारीले जितबाट आफू जनताप्रति अनुगृहित रहेको बताए। चुनावी हिंसाका कारण दर्जनौं व्यक्तिको मृत्यु भएकाप्रति उनले दुःख प्रकट गरे।

चुनावी नतिजा सार्वजनिक भएलगत्तै राष्ट्रपति बुहारीका समर्थकले राजधानी अबुजाका सडकमा नाचगान गरेका थिए। यद्यपी, उनका मुख्य प्रतिस्पर्धी अतिकु अबुबाकरलाई मतगणनामा निकै पछि पार्नासाथ राष्ट्रपति बुहारीका समर्थकले अबुजामा नाराजुलुस लगाउन थालेका थिए।

पूर्वउपराष्ट्रपति एवं अर्बपति व्यापारी अतिकुले नाइजेरियालाई नयाँ र समृद्ध बनाउने योजना सहित ठूलो चुनावी अभियान चलाएका थिए।
निर्वाचन आयोगका अनुसार राष्ट्रपति बुहारीले एक करोड ५१ लाख अर्थात् ५५ प्रतिशत मत प्राप्त गरेका र मुख्य प्रतिस्पर्धी अबुबाकरले एक करोड १२ लाख अर्थात् ४१ प्रतिशत मत प्राप्त गरेका छन्। नाइजेरियाको यस पटकको चुनावमा करिब ३६ प्रतिशत मात्र मतदान भएको थियो।

अबुबाकरको पार्टीले चुनावमा धाँधली भएको आरोप लगाउँदै नाइजेरियाका ३६ वटा राज्यमध्ये चार वटामा पुनः चुनाव गर्न माग गरेको छ।राष्ट्रपति बुहारीको दलले विपक्षीले लगाएको आरोपको खण्डन गर्दै चुनावी परिणाम स्वीकार्न आग्रह गरेको छ।

 

प्रकाशित: १६ फाल्गुन २०७५ ०६:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App