coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पछि हटे ट्रम्प, रोकियो चिनीयाँ सामानमाथिको कर वृद्धि

ह्वाइट हाउसमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति ट्रम्प। तस्बिर : एएफपी

वासिङ्टन – संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र अमेरिकाबीचको व्यापार वार्तामा ‘सन्तोषजनक प्रगति’ भएको भन्दै चिनीयाँ सामानको आयातमा यसअघि घोषणा गरिएको करवृद्धिको प्रस्ताव स्थगन गर्न लागेको बताएका छन्।

दुई मुलुकबीचको व्यापार सम्झौताका लागि चिनीयाँ राष्ट्रपति सी जिनफिङसँग शिखर वार्ता हुने अपेक्षा गरिएको पनि राष्ट्रपति ट्रम्पले जनाएका छन्।

‘आगामी दुई साताभित्रै ‘ठूलो समाचार’ आउनेछ,’ राष्ट्रपति ट्रम्पले भने। वार्तामा थप प्रगति भएमा अमेरिकाको फ्लोरिडास्थित राष्ट्रपति ट्रम्पको मार–ए–लेगो रिसोर्टमा चिनीयाँ राष्ट्रपति सीलाई भेट्ने योजना रहेको पनि ट्रम्पले बताए।

वासिङ्टनमा आइतबार सम्पन्न भएको चार दिन लामो वार्तामा दुई मुलुकका वरिष्ठ अधिकारीले भाग लिएका थिए। संयुक्तराज्य अमेरिकाले वार्तामा सहमति नभए आगामी मार्च १ तारिखदेखि नै लागू हुने गरी करिब दुई सय अर्ब अमेरिकी डलर बराबरका चिनीयाँ सामानमा २५ प्रतिशत कर लगाउने राष्ट्रपति ट्रम्पले घोषणा गरेका थिए। राष्ट्रपति ट्रम्पले वार्ता सन्तोषजनक रुपमा अघि बढेकाले मार्च १ तारिखको सीमालाई बढाउन आफू तयार रहेको जनाएका छन्।

दुई सय अर्ब अमेरिकी डलर बराबरका चिनीयाँ सामानमा २५ प्रतिशत कर लगाउने राष्ट्रपति ट्रम्पले घोषणालाई हाल स्थगन गरिएको छ। चीन–अमेरिका वार्ता सन्तोषजनक रुपमा अघि बढेकाले कर लगाउने मार्च १ को सीमालाई बढाउन सकिने ट्रम्पले बताएका छन्।

‘चीनसँग जारी व्यापार वार्ता सकारात्मक रुपमा अघि बढेकामा मलाई खुसी लागेको छ। खासगरी, चीनले बौद्धिक सम्पत्तिको संरक्षण, प्रविधि हस्तान्तरण, कृषि, सेवा, मुद्रा तथा अरु विविध विषय समेतका महत्वपूर्ण संरचनागत मुद्दामा सकारात्मक जवाफ दिएको छ,’ ट्रम्पले आफ्नो ट्वीटमा भनेका छन्।

चीनको सरकारी समाचार संस्था सिन्ह्वाले पनि वार्तामा निकै सकारात्मक प्रगति भएको जनाएको छ। चिनीयाँ व्यापार वार्ता प्रतिनिधिमण्डलको नेतृत्व उपप्रधानमन्त्री लिउ हे ले गरेका छन्।

‘वार्ता सकारात्मकरुपमा अघि बढेकाले सम्झौतालाई अन्तिम रुप दिन फ्लोरिडामा शिखर बैठकको तयारीमा लागेका छौं,’ ट्रम्पले भनेका छन्, ‘यो सप्ताहान्त अमेरिका र चीनका लागि निकै सन्तोषजनक रह्यो।’

प्रकाशित: १४ फाल्गुन २०७५ ०३:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App