८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

पाकिस्तानसँग क्रिकेट खेल्ने विषयमा सचिन र विराटको मत बाझियो

नयाँ दिल्ली– विश्वकप क्रिकेटमा पाकिस्तानसँग खेल्ने विषयमा प्रख्यात क्रिकेटर सचिन तेन्दुलकर र भारतीय टिमका कप्तान विराट कोहलीबीच मत बाँझिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार सचिनले भारतले नखेले पाकिस्तानलाई फाइदा हुने भन्दै खेल्नुपर्ने धारणा राखेका छन्। भारत नखेल्दा पाकिस्तानले २ अंक पाउने उनको भनाई छ।

भारतले विश्वकपमा पाकिस्तानविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै आएको भन्दै सचिनले फेरि एकपटक पराजित गर्ने समय आएको बताए। ‘म व्यक्तिगत रुपमा पाकिस्तानले २ अंक पाउने कुरामा सहमत छैन्। भारत खेलेन भने यो प्रतियोगितामा उनीहरुलाई फाइदा हुनेछ।’

यद्यपी सचिनले भारत आफ्नो लागि सबैभन्दा माथि रहेको भन्दै देशले जे निर्णय गर्छ त्यसलाई आफूले स्वीकार गर्ने बताए। उनले पुलवामा घटनामा शहीद भएका सैनिकप्रति श्रद्धाञ्जलि पनि दिए। 

यता भारतीय टिमका कप्तान विराट कोहलीले आफूहरुको देशको साथमा रहेको बताए। ‘हाम्रो देश के चाहन्छ र बीसीसीआई के निर्णय गर्छ, हामी उनीहरुको साथमा रहनेछौं’, उनले भने, ‘पुलवामा आतंकवादी हमलामा ज्यान गुमाउने हाम्रा सैनिकका परिवारप्रति हाम्रो सम्वेदना छ। भारत सरकार र बोर्ड जे निर्णय लिन्छ, हामी त्यसलाई सम्मान गर्नेछौं।’ 

यद्यपी अन्य पूर्व क्रिकेटरहरुले भने पाकिस्तानसँग खेल्न नहुने र उसलाई अन्तर्राष्ट्रिय क्रिकेटबाटै बिदा गर्न सरकारले पहल गर्नुपर्ने आवाज उठाइरहेका छन्। काश्मिरको पलुवामा घटनामा ४४ जना सैनिकको मृत्युपछि विश्पकपमा भारत र पाकिस्तानको खेल अनिश्चित बनेको छ।

प्रकाशित: ११ फाल्गुन २०७५ ०७:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App